विभागले आर्थिक वर्ष २०७४–०७५ मा सवारीसाधन कर, सडक सम्भार तथा मर्मत शुल्क, चालक अनुमतिपत्र तथा सवारी इजाजत दस्तुर, इम्बोस्ड नम्बर जडान शुल्क, दण्ड जरिवाना र यातायात क्षेत्रको आम्दानी शीर्षकमा राजस्व सङ्कलन गरेको हो ।
यातायात व्यवस्था विभागले प्रदेश ३ मा यातायातबाट १२ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । विभागले आर्थिक वर्ष २०७४–०७५ मा सवारीसाधन कर, सडक सम्भार तथा मर्मत शुल्क, चालक अनुमतिपत्र तथा सवारी इजाजत दस्तुर, इम्बोस्ड नम्बर जडान शुल्क, दण्ड जरिवाना र यातायात क्षेत्रको आम्दानी शीर्षकमा राजस्व सङ्कलन गरेको हो ।
त्यस्तै गत आवमा प्रदेश २ बाट यातायात विभागले चार अर्ब २६ करोड ९३ लाख ३० हजार राजस्व सङ्कलन गरेको जनाएको छ । प्रदेश ५ ले गत आवमा तीन अर्ब ३० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । प्रदेश १ अन्तर्गतका यातायात कार्यालयले कुल दुई अर्ब १२ करोड ६७ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
प्रदेश १ ले गत आवमा सावरीसाधन कर शीर्षकमा एक अर्ब १६ करोड, सडक सम्भार तथा ममर्त शुल्कमार्फत ५० करोड ०१ लाख र चालक अनुमतिपत्र तथा सवारी इजाजात शीर्षकमा ३७ करोड ८२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यसैगरी गत आवमा प्रदेश ४ अन्तर्गतका यातायात कार्यालयले एक अर्ब २० करोड ५२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
यसैगरी प्रदेश ७ ले ५१ करोड ७४ लाख ६० हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ भने प्रदेश ६ ले सबैभन्दा थोरै नौ करोड २१ लाख ८७ हजार रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।
गत आव विभागले देशभरबाट २३ अर्ब ६४ करोड ९९ लाख १९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।