थानेश्वर न्यौपानेलाई आईएमईको १० लाख नगद

काठमाडौं । दसैंतिहार र छठपर्वलाई लक्ष्य गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पन्जा’ अफरअन्तर्गत १० लाख राशिको पहिलो बम्पर उपहार आईएमई सेवाग्राही थानेश्वर न्यौपानेले प्राप्त गरेका छन् । कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाएका न्यौपाने सपटवेयर पद्धतिमा आधारित छनोट कार्यक्रममा भाग्यशाली विजेता घोषित भएका हुन् ।

काठमाडौं पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित घोषणा कार्यक्रममा आईएमईका ब्रान्ड एम्बासडर दीपकराज गिरीलगायत आईएमईका उच्च पदस्थ कर्मचारीको सहभागिता थियो ।

त्यस्तै तेस्रो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही विमल गौतमले प्राप्त गरेका छन् । सफ्टवेयर पद्धतिमा आधारित छनोट कार्यक्रममा यूएईस्थित अल–अहलियाबाट नेपालमा पैसा पठाएका गौतम भाग्यशाली विजेता छनोट भएका हुन् ।