आगलागीमा परी दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आगलागी हुँदा उद्योगभित्र कति मानिस थिए भन्ने यकिन तथ्याङ्क आएको छैन ।
वीरगन्जमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ । वीरगञ्ज महानगरपालिका–२२ पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा आज बिहान भएको आगलागी अझै नियन्त्रणमा लिन सकिएको छैन ।
उद्योगमा सल्किएको आगलागी नियन्त्रण गर्न सबैतिरबाट सहयोग जुटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । त्यति मात्र होइन, आगलागी नियन्त्रणका लागि बारा, रौतहटका साथै भारतबाट पनि सहयोग जुटाइरहेको उसको भनाइ छ ।
उद्योगभित्रका सिलिण्डर विस्फोट हुने क्रम नरोकिएकाले अहिले त्यहाँ वरपरको बस्ती खाली गराइएको छ ।
आगलागीमा परि दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आगलागी हुँदा उद्योगभित्र कति मानिस थिए भन्ने यकिन तथ्याङ्क आएको छैन । सर्वसाधारण, प्रहरीलगायत विभिन्न सङ्घसंस्थाका मानिसले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।