उद्योगमा काठमाडौं सबैभन्दा अगाडि, पछ्याउँदै लालितपुर

उद्योगमा तेस्रोमा कास्की छ । कास्कीमा ३० उद्योगमा कुल नौ अर्ब रुपैयाँ लगानी आएको छ । रुपन्देहीमा १७ ओटा उद्योगमा चार अर्ब रुपैयाँबराबर लगानी भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख छ । ती उद्योगमा एक हजार तीन सय ५० जनाले प्रत्यक्ष रोजगारीको अवसर पाउनेछन् ।

गत आर्थिक वर्ष २०७४/५७ मा सबैभन्दा बढी उद्योग राजधानीमा दर्ता भएका छन् । उद्योग विभागका अनुसार काडमाडौंमा २२ अर्बबराबरका दुई सय २० ओटा सानाठूला किसिमका उद्योगमा लगानी आएको छ ।

उपत्यकामा होटल, रेस्टुरेन्ट तथा यातायात क्षेत्रमा बढी लगानी आएको विभागका सूचना अधिकृत दुर्गाप्रसाद भुसालले जानकारी दिए । काठमाडौंमा दर्ता भएका उद्योगमा सात हजार चार सय ५७ जनाले रोजगारीको अवसर पाउने विभागको भनाइ छ ।

सूचना आधिकृत भुसालका अनुसार काठमाडौंलाई पछ्याउँदै ललितपुर दोस्रो स्थामा छ । लालितपुरमा कुल पाँच अर्बका ५३ उद्योग प्रतिबद्धता आएको छ । ५७ ओटा सानाठूला उद्योगमा दुई हजार एक सय १८ ले रोजगार पाउने उनको भनाइ छ ।

उद्योगमा तेस्रोमा कास्की छ । कास्कीमा ३० उद्योगमा कुल नौ अर्ब रुपैयाँ लगानी आएको छ । रुपन्देहीमा १७ ओटा उद्योगमा चार अर्ब रुपैयाँबराबर लगानी भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख छ । ती उद्योगमा एक हजार तीन सय ५० जनाले प्रत्यक्ष रोजगारीको अवसर पाउनेछन् ।

चितवनमा १५ उद्योगमा लागानी भित्रिएको छ । ती उद्योगमा ३ अर्ब लगानी रहेको विभागले जनाएको छ । तथ्याङ्कअनुसार दर्ता भएका यी १५ उद्योगमा सात सय ५७ जनाले काम पाउनेछन् ।

बागलुङगमा एक अर्बका चार ओटा, बैतडीमा एक, बाकेमा एक, बारमा सात, बर्दियामा तीन, भक्तपुरमा नौ, दाङमा तीन, धादिङमा दुई, धनुषामा तीन, दोलखामा चार, गोर्खामा एक, गुल्मी, इलाम, जाजरकोट, झापा, कैलाली, कालिकोट, कपिलवस्तुमा १७ ओटा उद्योगमा लगानी प्रतिबद्धता आएको जनाइएको छ ।

त्यस्तै लमजुङ, महोत्तरी, मकवानपुर, मनाङ्, मोरङ, मुस्ताङ म्याग्दी गरी २६ उद्योगमा लगानी प्रतिबद्धता आएको छ । ती उद्योगमा दुई हजार दुई सय ४२ जनाले रोजगारी पाउने बताइएको छ ।

विभागका अनुसार नवलपरासीमा नौ अर्बबराबरका १३ उद्योग दर्ता भएका छन् । त्यसैगरी नुवाकोट, पाल्पा, पाँचथर, पर्सा, रामेछाप, रसुवा, रौतहट जिल्लामा २२ उद्योग दर्ता भएको प्रवक्ता भुसालको भनाइ छ । सङ्खुवासभा, सिन्धुपाल्चोक, सिरहा, सोलुखुम्बु, सुनसरी, स्याङ्जा र ताप्लेजुङ्मा गरी २६ साना ठूला उद्योग प्रतिबद्धता आएको छ ।

यी जिल्लामा गरी तीन खर्बका चार सय ९६ ओटा उद्योग प्रतिबद्धता आएको विभागको भनाइ छ । यी उद्योगमा २७ हजार तीन सय ३९ जनाले रोजगारीको अवसर पाउनेछन् ।