जीटूजी प्रणालीबाट रासायनिक मल आयात गर्न भारतसँग प्रस्ताव

मुलुकमा रासायनिक मलको समयमै सर्वसुलभ आपूर्ति सुनिश्चित गर्न कृषि विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीसीको संयोजकत्वमा बसेको प्रतिनिधिहरुको बैठकमा समयमै मलको आपूर्ति सहज गराउन वार्षिक बजेट विनियोजनअनुसार हेरफेर गरी आगामी पाँच वर्षका लागि जीटुजी स्किमअन्तर्गत खरिद गर्ने प्रस्ताव गरिएको थियो ।

आगामी पाँच वर्षका लागि रासायनिक मल आयात गर्न नेपाल र भारत सरकार गभर्नमेन्ट टु गभर्नमेन्ट (जीटूजी) स्किमअन्तर्गत खरिद प्रस्ताव गरिएको छ ।

मुलुकमा रासायनिक मलको समयमै सर्वसुलभ आपूर्ति सुनिश्चित गर्न कृषि विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीसीको संयोजकत्वमा बसेको प्रतिनिधिहरुको बैठकमा समयमै मलको आपूर्ति सहज गराउन वार्षिक बजेट विनियोजनअनुसार हेरफेर गरी आगामी पाँच वर्षका लागि जीटुजी स्किमअन्तर्गत खरिद गर्ने प्रस्ताव गरिएको थियो । कृषि विकास मन्त्रालयले भारत सरकारसमक्ष उक्त प्रस्ताव पेस गर्न परराष्ट मन्त्रालयलाई आग्रह गरेको छ ।

चालू आर्थिक वर्षमा १ लाख मेट्रिक टन युरिया र डीएपी ५० हजार मेट्रिक टन गरी कुल १ लाख ५० हजार मेट्रिक टन जीटुजी स्किमअन्तर्गत खरिद गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा युरिया र डीएपी १ लाख ७० हजार, आव २०७७/७८ मा १ लाख ९५ हजार, आव २०७८/७९ मा २ लाख १० हजार र २०६९/७० मा २ लाख १० हजार मेट्रिक टन गरी पाँच वर्षमा कुल ९ लाख ३५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न प्रस्ताव गरिएको छ । उक्त खरिद प्रस्तावमा परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसमक्ष पठाउने निर्णय भएको वरिष्ठ कृषि अर्थविज्ञ डा. रुद्रबहादुर श्रेष्ठले बताए ।