राष्ट्रिय वाणिज्य बैङ्कले युनाइटेडको बिमा पोलिसी बेच्ने

राष्ट्रिय वाणिज्य बैङ्कले युनाइटेड इन्स्योरेन्सको बिमा पोलिसी बेच्ने भएको छ । वाणिज्य बैङ्क र युनाइटेडबीच साउन १३ गते (आइतबार) बैङ्कास्योरेन्स सम्झौता भएको हो ।

इन्स्योरेन्सका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराई र वाणिज्य बैङ्कका सीईओ किरणकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । अब बैङ्कले देशभर सञ्चालित शाखाबाट इन्स्योरेन्सको बिमा पोलिसी बेच्नेछ ।

सम्झौतापछि ग्राहकले धितो तथा अन्य सम्पत्तिको बिमा युनाइटेडमार्फत गर्न सक्ने र युनाइटेडले ग्राहकको धितो तथा सम्पत्तिहरुको बिमालेख जारी गर्न सक्ने हुँदा सहज र सरल प्रक्रियाबाट बिमा सेवा उपलब्ध हुनेछ ।