निकले मनायो रजत जयन्ती

काठमाडौँ । २०४९ सालमा स्थापना भएको नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक)ले २५औं वार्षिकोत्सव (रजत जयन्ती) मनाएको छ । नेपालमै पहिलोपटक विदेशी लगानी एवम् प्रविधि भिœयाउन सफल कम्पनीले हाल ५ हजार केभीए क्षमतासम्मका विद्युतीय ट्रान्सफर्मर उत्पादन गरी आन्तरिक तथा विदेशी बजारमा बिक्रीवितरण गर्दै आएको छ । रजत जयन्ती समारोहका अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम घोषणा गरेको छ ।

उक्त अवसरमा ग्रामीण विद्युतीकरण सामुदायिक संस्थालाई २५ केभीए क्षमताको विद्युतीय ट्रान्सफर्मर एक थान निःशुल्क उपहारस्वरुप प्रदान गर्ने, पुल्चोकका इलेक्ट्रिकल इन्जिनियरिङ समूहअन्तर्गत अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई खोज तथा अनुसन्धानमा कार्यमा विद्युतीय ट्रान्सफर्मर विषयका पाठ्यसामग्री समावेश गराई चार विद्यार्थीलाई छात्रवृत्ति दिने सम्झौतापत्रमा हस्ताक्षर गरेको घोषणा गरेको छ ।

कम्पनीले हाल १ केभीएदेखि ५ हजार केभीए क्षमतासम्मका विद्युतीय ट्रान्सफर्मर उत्पादन गरी बिक्रीवितरण गर्दै आएकोमा आर्थिक वर्ष २०७४÷७५ देखि पुँजी तथा क्षमतामा वृद्धि गरी १ देखि १० हजार केभीएसम्मका विद्युतीय ट्रान्सफर्मर उत्पादन गर्ने जानकारी दिएको छ ।