जिल्लामा आठ हजार ५५३ सवारीचालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख नीरबहादुर अधिकारीले जानकारी दिए । ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल चालक छन् । यस क्रममा तीन हजार २६५ मोटरसाइकल चालकलाई कारबाही गरिएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा ट्राफिक कारबाहीबाट ५६ लाख नौ हजार रूपैयाँ राजश्व सङ्कलन भएको छ । जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका चालकलाई कारबाही गरी सो राजश्व सङ्कलन गरिएको हो ।
सो अवधिमा जिल्लामा आठ हजार ५५३ सवारीचालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख नीरबहादुर अधिकारीले जानकारी दिए । ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल चालक छन् । यस क्रममा तीन हजार २६५ मोटरसाइकल चालकलाई कारबाही गरिएको छ ।
ट्राफिक प्रहरीका अनुसार जिल्लामा दुई हजार ३२१ जिप, कार, भ्यान चालक, एक हजार २२७ ट्याक्टर चालक, एक हजार १३५ ट्रक चालक र ६२३ बस चालक कारबाहीमा परेका छन् । चारपाङ्ग्रे साना सवारीसाधनका चालकबाट १४ लाख २६ हजार, ट्याक्टर चालकबाट नौ लाख २२ हजार, ट्रक चालकबाट सात लाख र बस चालकबाट तीन लाख ५१ हजार राजश्व सङ्कलन गरिएको छ ।
गत आवको तुलनामा नौ लाख १६ हजारभन्दा बढी राजश्व सङ्कलन भएको छ । गत आवमा सात हजार ५०३ सवारीसाधनका चालकलाई कारबाही गरी ४६ लाख ९३ हजार रूपैयाँ राजश्व सङ्कलन गरिएको थियो । रासस