अमेरिका र चीनबीचकाे व्यापारिक द्वन्द्वले दक्षिण कोरियाली बजारमा नकारात्मक प्रभाव

कर्पोरेट विवरणको विश्लेषण गर्ने चाबुल डट कमका अनुसार, सूचीकृत प्रमुख १० कम्पनीको संयुक्त बजार मूल्य मङ्गलबारसम्म ८ सय १४ अर्ब डलर (९ सय १३ खर्ब वन) मा झरेको छ । यो यही वर्ष जनवरी २ तारिखको तुलनामा ६ प्रतिशतले बढी गिरावट हो ।

घट्दो सेयर मूल्यका कारण दक्षिण कोरियाका प्रमुख १० ठूला कम्पनीको बजार मूल्यमा यसवर्ष ठूलो गिरावट आएको तथ्याङ्क सार्वजनिक भएको छ ।

कर्पोरेट विवरणको विश्लेषण गर्ने चाबुल डट कमका अनुसार, सूचीकृत प्रमुख १० कम्पनीको संयुक्त बजार मूल्य मङ्गलबारसम्म ८ सय १४ अर्ब डलर (९ सय १३ खर्ब वन) मा झरेको छ । यो यही वर्ष जनवरी २ तारिखको तुलनामा ६ प्रतिशतले बढी गिरावट हो ।

कोरियाको पहिलो नम्बरमा रहेको कम्पनी सामसुङ ग्रुपको बजार मूल्यमा ७ प्रतिशतको गिरावट आएको छ भने दोस्रो ठूलो कम्पनी हुन्डाई मोटर ग्रुपको बजार मूल्य ६.७ प्रतिशतले घटेको छ । तेस्रो ठूलो कम्पनी एसके ग्रुपको भने यस अवधिमा २.२ प्रतिशतको झिनो वृद्धि देखिएको छ । एलजी ग्रुपको बजार मूल्यमा १२.८ प्रतिशतले कमी आएको छ ।

सेयर बजारका विश्लेषकहरुले संयुक्तराज्य अमेरिका र चीनबीच चर्किँदै गएको व्यापारिक द्वन्द्वका कारण दक्षिण कोरियाली कम्पनीको सेयर मूल्यमा नकारात्मक प्रभाव परेको बताएका छन् । कोरियाली कम्पनीको मुख्य बजार र व्यापारिक साझेदार नै यी दुई मुलुक रहेकाले पनि सेयर बजार ओरालो लागेको अनुमान गरिएको हो । रासस/योन्हाप