मोबाइल एप्स प्रयोग गरेर डाँडामा पानी

धौलागिरि क्षेत्रमा नै पहिलोपटक म्याग्दीमा मोबाइल एप्सको माध्यमबाट सिँचाइ आयोजनाको पानी आपूर्ति बन्द र खुला गर्ने प्रविधिको प्रयोग सफल हो ।

म्याग्दीमा पहिलोपटक मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधि सिँचाइ सञ्चालन गरिएको छ ।

म्याग्दी नदी किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीपारिबाट सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएर नदीबाट २५० मिटरमाथि बेनी नगरपालिका–२, खवरामा ६३ एमएलको पाइपमार्फत पानी पु¥याएका हुन् ।

मोबाइलबाट सिँचाइको इनारमा प्रयोग गरिएको मेसिनको मेनस्विच २ सय ५० मिटर वरपरबाट अन गरेको पाँच सेकेन्डमै २ सय ५० मिटरको दूरीमा रहेको खवराको लब्ली हिलमा पानी खसेको हो ।

धौलागिरि क्षेत्रमा नै पहिलोपटक म्याग्दीमा मोबाइल एप्सको माध्यमबाट सिँचाइ आयोजनाको पानी आपूर्ति बन्द र खुला गर्ने प्रविधिको प्रयोग सफल भएको खत्रीले बताए ।

बेनी नगरपालिका–७ हुलाकचोकका खत्री इलेक्ट्रोनिक्स सेन्टरका सञ्चालक समेत हुन् । यसअघि खत्रीले लिफ्ट प्रविधिको सिँचाइ आयोजना सञ्चालन गरेको म्याग्दी नदीको मङ्गलाघाट क्षेत्रबाट करिब १ सय ५० मिटर दूरीमा रहेको आफ्नो घरबाटै पनि सिँचाइको मेनस्विच अन र अफ गरेका थिए ।

जिल्लामा इलेक्ट्रोनिक्स र प्रविधिको प्रयोगमा अब्बल रहेका खत्रीले नेपालमै एप्सको प्रयोगबाट सिँचाइलाई कन्ट्रोल गर्ने निकै कम रहेको दाबीसमेत गरे । एप्सको एकपटक अन र अफ गर्न करिब चार खर्च हुने उनले बताए ।