निरन्तर वर्षाले खिम्ती—२ आयोजनाको पूर्वाधार निर्माण रोकियो

अहिले आयोजनास्थलसम्म पुग्ने १२ किलोमिटर बाटोमध्ये १० किलोमिटर बाटो निर्माण भइसकेको आयोजनाका सिभिल इन्जिनियर रामहरि शर्माले जानकारी दिए । उनले ३ ओटा पुलमध्ये दुई ओटा निर्माण भइसकेको र समग्रमा पूर्वाधार निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको बताए ।

निरन्तरको वर्षाका कारण रामेछाप र दोलखामा निर्माणाधीन ४८ दशमलव ८ मेगावाट क्षमताको खिम्ती—२ जलविद्युत् आयोजनाको काम रोकिएको छ । रामेछाप र दोलखाको सीमानामा निर्माण हुने उक्त आयोजनाको भौतिक पूर्वाधार निर्माणका काम असार लागेपछि निरन्तरको वर्षाका कारण रोक्नुपरेको आयोजनाले जनाएको छ ।

आयोजनाको मुख्य काम सुरुङ निर्माण, बाँध, हाइड्रो मेकानिकलको काम आगामी दशैँपछि मात्रै सुरु गरिने भएको छ । अहिले आयोजनास्थलसम्म पुग्ने १२ किलोमिटर बाटोमध्ये १० किलोमिटर बाटो निर्माण भइसकेको आयोजनाका सिभिल इन्जिनियर रामहरि शर्माले जानकारी दिए । उनले ३ ओटा पुलमध्ये दुई ओटा निर्माण भइसकेको र समग्रमा पूर्वाधार निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको बताए । ‘निरन्तर वर्षा भइरहेकाले काम गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘१० किमी बाटो, दुई ओटा पुल र सिभिलतर्फको काम लगभग सकिएको छ ।’

आयोजनाको मुख्य प्रवद्र्धक पिपल्स इनर्जी लिमिटेडमार्फत् चिनियाँ कम्पनी चोङ्गिङ वाटर टर्बाइन वक्र्स (सीडब्ल्यूटीडब्ल्यू) ले निर्माण गर्न लागेको छ । इन्जिनियरिङ, खरिद, निर्माण र वित्तीय (ईपीसी) मोडेलमा निर्माण हुन लागेको यो नेपालको पहिलो आयोजना हो । आयोजना निर्माणका लागि फाइनान्सिङ क्लोजर भइसकेको छ ।

सानिमा बैङ्कको अगुवाइमा अन्य नौ ओटा बैङ्कको यस आयोजनामा लगानी रहने छ । आयोजनाको लागत झन्डै ९ अर्ब रुपैयाँ रहेको आयोजनाका इन्जिनियर शर्माले जानकारी दिए ।