एनबीआई र एमजीईएसबीच सम्झौता

काठमाडौँ । नेसनल बैङ्किङ इन्स्टिच्युट (एनबीआई) र मनिपाल ग्लोबल एजुकेसन सर्भिसेस (एमजीईएस)बीच मानव संसाधन विकासका लागि शिक्षा, प्रशिक्षण एवम् अन्वेषणका क्षेत्रमा साझेदारी गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा एमजीईएसका तर्फबाट उपाध्यक्ष विमलजित सिंह भासिन र एनबीआईका तर्पmबाट प्रमख र्कायकारी अधिकृत सञ्जीव सुब्बाले हस्ताक्षर गरेका छन् ।

देशको अग्रणी बैङ्किङ एकेडेमी एनबीआईले सम्झौता गरेको एमजीईएसअन्तर्गत एकेडेमी अफ बैङ्किङ एन्ड फाइनान्सियल सर्भिसेज भारतकै अग्रणी बैङ्किङ एकेडेमी भएको र यसले भारतलगायत एसियाका विभिन्न मुलुकका बैङ्क, इन्स्योरेन्स र अन्य वित्तीय क्षेत्रका गरी ६० हजारभन्दा बढी कर्मचारीलाई तालिम दिइसकेको छ । अहिले यो एकेडेमीसँग ४० भन्दा बढी विभिन्न बैङ्क तथा वित्तीय संस्था आबद्घ भई दक्ष जनशक्ति विकास कार्यमा जुटेका छन् ।

एमईजीएसले आफ्ना आवासीय तालिम जयपुर र बैङ्गलोरस्थित अन्तर्राष्ट्रियस्तरका क्याम्पसबाट दिने गरेको छ । सम्झौताअनुसार एनबीआई र एमजीईएसले संयुक्त रुपमा विभिन्न किसिमका तालिम, सम्मेलन र कार्यशाला सञ्चालन गर्ने पनि योजना छ ।