विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रामबहादुर खड्काका अनुसार १२ कोठे भवन पुनःनिर्माणका लागि स्थानीयवासी टीकाबहादुर खड्काको परिवारले ३० लाख रूपैयाँभन्दा बढी सहयोग गरेको हो । खड्का परिवारले ११ लाख २४ हजारमा तीन रोपनी जग्गा खरिद गरी सो विद्यालय व्यवस्थापन समितलाई उपलब्ध गराएको थियो ।
म्याग्दी जिल्लाकाे अन्नपूर्ण गाउँपालिका–६ घारमा स्थानीयवासीको पहलमा विद्यालय भवन पुनःनिर्माण गरिएको छ ।
विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण जीर्ण बनेको मुक्तिमार्ग मावि यहाँका बासिन्दाले ५० लाख रूपैयाँ सहयोग जुटाएर पुनःनिर्माण गरेका हुन् । उक्त भवन पुनःनिर्माण गर्न एउटै परिवारले ३० लाख रूपैयाँ सहयोग गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रामबहादुर खड्काका अनुसार १२ कोठे भवन पुनःनिर्माणका लागि स्थानीयवासी टीकाबहादुर खड्काको परिवारले ३० लाख रूपैयाँभन्दा बढी सहयोग गरेको हो । खड्का परिवारले ११ लाख २४ हजारमा तीन रोपनी जग्गा खरिद गरी सो विद्यालय व्यवस्थापन समितलाई उपलब्ध गराएको थियो ।
उक्त भवन पुनःनिर्माणका लागि गाउँपालिकाले १० लाख, स्थानीयवासी कृष्णप्रसाद बरुवालले दुई लाख ५० हजार, विद्यालयका पूर्वविद्यार्थी प्रशान्त मोहन रेग्मीको पहलमा जर्मनीको हिमालयन फ्रेन्डसिभ संस्थाले १६ लाख ७७ हजार, हाल जापानमा भएका दधीलाल खड्काले ५१ हजार तथा बेल्जियममा भएका नारायण खड्काले ४५ हजार रूपैयाँ सहयोग गरेका छन् ।
सहयोग जुटेपछि चार कोठा थप निर्माण गरिएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए । कक्षा १२ सम्मको पठनपाठन हुने सो विद्यालयमा ३२२ विद्यार्थी अध्ययन गरिरहेको प्रधानाध्यापक मेखबहादुर खड्काले बताए । रासस