नेपाल र बंगलादेशबीच विद्युत् खरिद सम्झौतामा हस्ताक्षर

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुन र बंगलादेशका विद्युत् ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदबी इनर्जी कोअपरेस समझदारीमा संयुक्त रुपमा हस्ताक्षर गरेका थिए । बंगलादेश र नेपालबीच विद्युत् आदानप्रदान गर्नका लागि दुवै देशका लगानी गर्ने तथा निजी कम्पनीलाई समेत प्रोत्साहित गर्ने सहमति भएको हो ।

नेपाल र बंगलादेशबीच विद्युत् खरिद सम्झौतामा हस्ताक्षर गरिएको छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुन र बंगलादेशका विद्युत् ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदबी इनर्जी कोअपरेस समझदारीमा संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

बंगलादेश र नेपालबीच विद्युत् आदानप्रदान गर्नका लागि दुवै देशका लगानी गर्ने तथा निजी कम्पनीलाई समेत प्रोत्साहित गर्ने सहमति भएको हो । शुक्रबार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दुवै देशका मन्त्रीहरुले जलविद्युत विकास, प्रसारण लाइन, उर्जा दक्षता तथा विभिन्न जनशक्ति विकास गर्ने, उर्जा क्षेत्रको उत्पादकत्व तथा दक्षता बढाउन र दुवै देशले उर्जा व्यापारको संभावना खोज्नुपर्ने सहमति भएको छ ।

दुवै देशले विद्युत आदान प्रदान गर्ने, प्रसारण लाइन निर्माणका लागि विमस्टेक सम्मेलनमा भारतसँग त्रिपक्षीय छलफल गर्ने सहमति समेत भएको छ।