आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सङ्घीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा पनि करको प्रावधान राखिएको बताउँदै राज्यले कमजोर समुदायलाई लाभ हुने गरी विकास, निर्माण र सेवाको कामलाई अगाडि बढाउन कर लिने गरेको बताए ।
अर्थमन्त्री डा युवराज खतिवडाले कानुन नबनाई कर असुली नगर्न निर्देशन दिएका छन् । प्रदेश र स्थानीय सरकारतर्फ इङ्गित गर्दै दोहोरो कर नलिन र आफ्नो क्षेत्राधिकार बाहिर गएर कर असुल नगर्न पनि मातहतका निकायलाई सचेत गराएका छन् ।
पछिल्लो समय प्रदेश सरकार र स्थानीय सरकारले आफुखुसी कर उठाउन लागेको भन्दै चौतर्फी विरोध हुन थालेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सङ्घीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा पनि करको प्रावधान राखिएको बताउँदै राज्यले कमजोर समुदायलाई लाभ हुने गरी विकास, निर्माण र सेवाको कामलाई अगाडि बढाउन कर लिने गरेको बताए ।
यस्तै तिर्न नसक्नेलाई करको बोझ नलगाउने बताएका छन् । सरकारले सङ्घीयता कार्यान्वयनका लागि लोककल्याणकारी राज्यको अवधारणा र सामाजिक न्यायको अवधारणाअनुरुप कर असुलीको काम गरिरहेको अर्थमन्त्री खतिवडाको दाबी छ ।