ठूला तथा राष्ट्रिय गौरवका आयोजनाको प्रगति रिपोर्ट

सबै गौरवका आयोजनाको समष्टिगत प्रगति औसत ३० प्रतिशत छ । केही गौरवका आयोजनाको प्रगति सन्तोषजनक छ भने केही आयोजनाका मोडालिटी नै बन्न सकेका छैनन् । तर, हरेक वर्ष ती आयोजनामा बजेट छुट्याइन्छ ।

सरकारले हरेक वर्ष ठूला तथा राष्ट्रिय गौरवका आयोजनाका लागि बजेट छुट्याउँछ । केही आयोजना निर्माणका लागि बजेट खर्च हुन्छ भने केही ठूला आयोजनाका लागि छुट्याइएको पूँजीगत बजेट रकम खर्च हुन सक्दैन । फलस्वरुप, त्यस्ता आयोजनाको प्रगति धिमा गतिमा हुने गर्छ । सरकारले आर्थिक वर्ष २०६६/०६७ देखि १७ ओटा राष्ट्रिय गौरवका आयोजना मानेर बजेट विनियोजन गर्दै आएको थियो । आव २०७१/७२ मा ४ ओटा थप गरी २१ ओटा गौरवका आयोजना भएका छन् ।

सबै गौरवका आयोजनाको समष्टिगत प्रगति औसत ३० प्रतिशत छ । केही गौरवका आयोजनाको प्रगति सन्तोषजनक छ भने केही आयोजनाका मोडालिटी नै बन्न सकेका छैनन् । तर, हरेक वर्ष ती आयोजनामा बजेट छुट्याइन्छ । केही राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति र खर्च विवरण समेटिएको क्यापिटल रेकर्डस हेर्नुहोस्ः