मिलानोका फुटवेयर नेपालमा

मिलानोका फुटवेयर नेपालमा
काठमाडौँ । एक्सन पोलिमर प्रालिले नेपाली बजारमा मिलानो ब्रान्डका सबै श्रेणीका फुटवेयर भित्र्याएको छ । मिलानो ब्रान्डले स्लिपर तथा स्यान्डल उत्पादन गर्दै आएको छ । अब भने दैनिक गतिविधिमा उपयोग हुने मिलानो ब्रान्डका फुटवेयरको सबै श्रेणी (बच्चादेखि बुढासम्मका लागि) बजारमा ल्याएको हो ।

मिलानो ब्रान्डका फुटवेयरका विशेषतामा हलुका तौल, स्वास्थ्यलाई फाइदाजनक, प्रतिस्पर्धात्मक मूल्य, फेसनेबलका साथमा आरामदायी, टिकाउ, वाटरप्रुफ र कठिन मौसममा पनि प्रयोग गर्न सकिने किसिमको रहेको कम्पनीले जानकारी दिएको छ । ‘हामी नेपालमा विश्वको प्रख्यात इटालियन प्रविधिद्वारा निर्मित फुटवेयर सफल रुपमा सार्वजनिक गर्न पाउँदा निकै गौरवान्वित भएका छौँ,’ एक्सन पोलिमर्सका अध्यक्ष राजेश अग्रवालले भने ।

नेपाली खुट्टामा उपयुक्त हुने किसिमका अन्तर्राष्ट्रियस्तरका फुटवेयर आधुनिक फेसनसहित बजारमा प्रवद्र्धन गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ । एक्सन पोलिमर्सका प्रबन्ध निर्देशक प्रदीप अग्रवाल र गौरव अग्रवालले कम्पनीले उच्च गुणस्तरको फुटवेयर हरेक उमेरसमूहका लागि उत्पादन गरिरहेको बताए । आफूहरुसँग हरेक प्रकारका फुटवेयरका श्रेणी स्लिपर, स्यान्डल र जुत्तामा उपलब्ध भएको उनको भनाइ छ ।