ग्यास आगजनीबारे छानबिन गर्न अर्को शक्तिशाली समिति

नेपाल आयल निगम सञ्चालक समितिले बनाएको छानबिन समितिलाई भङ्ग गर्दै मन्त्रीस्तरीय निर्णयले आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा नयाँ छानविन समिति बनाएको छ ।

यसअघि निगमका निर्देशक करुण क्षेत्रीको संयोजकत्वमा बनेको समितिलाई भङ्ग गर्दै सरकारले दाहालको संयोजकत्वमा गृह मन्त्रालयका उपसचिव, उद्योग मन्त्रालयका उपसचिव तथा निगम अन्तर्गतको ग्यास विभागबाट दुई जना सदस्य रहने गरी नयाँ समिति बनेको छ । समितिले आजैबाट काम सुरु गर्ने आपूर्ति मन्त्रालयका प्रवक्ता मुकुन्दप्रसाद पौड्याले जानकारी दिए ।