एक वर्षमा १० अर्ब रुपैयाँको कृषि तथा पशुपक्षी बिमा

गत आवको १२ महिनामा अन्न(बाली), तरकारी, फलफूल, माछा र पशुपक्षीमार्फत् १० अर्ब ८ करोड रुपैयाँको बिमा गरिएको हो । सो अवधिमा ४३ करोड २ लाख ७५ हजार ९ सय ३५ रुपैयाँ बिमा शुल्क उठेको छ ।

पछिल्लाे एक वर्षामा १० अर्ब रुपैयाँको कृषि तथा पशुपक्षी बिमा गरिएको छ । गत आर्थिक वर्ष २०७४/७५ मा अन्न(बाली), तरकारी, फलफूल, माछा र पशुपक्षीमार्फत् १० अर्ब ८ करोड रुपैयाँ बिमाङ्क रकमको बिमा गरिएको हो । सो बिमाबापत ४३ करोड २ लाख ७५ हजार ९ सय रुपैयाँ बिमा शुल्क उठेको छ ।

कुल बिमा शुल्कको ७५ प्रतिशत सरकारले अनुदान दिने व्यवस्था छ । गत वर्ष अनुदानबापत सरकारले ३२ करोड २७ लाख ७ हजार रूपैयाँ खर्चेकाे छ । कुल बिमा शुल्कको २५ प्रतिशत बिमितले तिर्नुपर्ने भएकाले सो अवधिमा १० करोड ७५ लाख ६८ हजार ९ सय रुपैयाँ बिमितबाट उठाइएको छ । यस अवधिमा १६ करोड ६७ लाख १० हजार ७ सय रुपैयाँ बिमा दाबी भुक्तानी भएकाे बिमा समितिले जनाएको छ ।

सो अवधिमा सबैभन्दा बढी ६ अर्ब ७७ करोड ४० लाख ६५ हजार ३ सय ३ रुपैयाँको पशु बिमा भएको छ । ३३ करोड ६० लाख ७४ हजार २ सय २७ रुपैयाँ बिमा शुल्कमध्ये २५ करोड २० लाख ५५ हजार ६ सय ७० रुपैयाँ सरकारी अनुदान छ । सो अवधिमै १४ करोड ११ लाख ५७ हजार ४ सय १४ रुपैयाँ दाबी परेको छ ।

अन्नबालीतर्फ, १५ करोड ५० लाख ५३ हजार ४ सय ७७ रुपैयाँको बिमा भएको छ । बिमा शुल्क ६४ लाख २४ हजार ५ सय ९८, अनुदान ४८ लाख १८ हजार ४ सय ४८ र ५० लाख ८५ हजार ६ सय ४६ रुपैयाँ दाबी परेको छ ।

तरकारीतर्फ, ६ करोड ७२ लाख १७ हजार ४३ रुपैयाँ बिमाङ्क, ३३ लाख १२ हजार ८ सय ५९ बिमा शुल्क, २४ लाख ८४ हजार ६ सय ४४ अनुदान र २८ लाख ८६ हजार ३ सय २३ रुपैयाँ दाबी रहेको छ । त्यस्तै फलफूलमा २२ करोड ३९ लाख ८८ हजार ५ सय ६७ रुपैयाँको बिमा, १ करोड ५ लाख ६२ हजार ५ सय ९६ रुपैयाँको बिमा शुल्क, ६९ लाख २१ हजार ९ सय ४७ रुपैयाँ अनुदान र २६ लाख ४५ हजार ५ सय २६ रुपैयाँको दाबी परेको छ । माछातर्फ, १ अर्ब १ करोड ५२ लाख ७८ हजार ७ सय ५३ रुपैयाँको बिमा भएकोमा १ करोड ४४ लाख ९३ हजार २ सय ९२ रुपैयाँ बिमा शुल्क, १ करोड ८ लाख ६९ हजार ९ सय ६९ अनुदान र ७० लाख ४७ हजार ७ सय ११ रुपैयाँ बिमाबापत दाबी परेको छ ।

त्यस्तै पशुतर्फ सो अवधिमा ६ अर्ब ७७ करोड ४० लाख ६५ हजार ३ सय ३ बिमा भएकोमा ३३ करोड ६० लाख ७४ हजार २ सय २७ बिमा शुल्क र १४ करोड ११ लाख ५७ हजार ४ सय १४ रुपैँया दाबी परेको छ । त्यस्तै पक्षीतर्फ १ अर्ब ८४ करोड ४७ लाख ७० हजार ७ सय ७८ रुपैयाँको बिमा गरिएको छ । बिमाबापत ५ करोड ९४ लाख ८ हजार ३ सय ५९ रुपैयाँ बिमा शुल्क र ७८ लाख ८८ हजार ७२ रुपैयाँको दाबी परेको छ ।

हरेक वर्ष जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा हुने नोक्सानी र क्षति कम गर्न किसानहरुले अन्नबाली, पशु, माछा, कुखुरा, बङ्गुर तथा अन्य पशुपक्षीहरुको बिमा गर्ने गर्छन् । यसरी बिमा गर्ने बिमितलाई सरकारले हरेक वर्ष बिमा शुल्कमा ७५ प्रतिशत अनुदान दिने गर्छ । विभिन्न कारणले जोखिम तथा क्षति भयो भने बिमा समितिले दाबी रकम दिने गरेको छ । कृषि, बालीनाली तथा पशुपक्षीको बिमाप्रति आम किसानहरुको आकर्षण बढ्दै गएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले जानकारी दिए । कृषि बिमा किसानका लागि उत्पादनमा प्रोत्साहन गर्ने, उत्पादन र उत्पादकत्व वृद्धिमा महत्त्वपूर्ण हुँदै गएको कार्कीले जानकारी दिए ।