आव २०६५/०६६ देखि २०७१/०७२ सम्म साना करदाताको रुपमा वार्षिक पाँच हजार रुपैयाँ मात्रै गुप्ताले कर बुझाएको विभागले बताएको छ । गुप्ताले आव २०७२र०७३ देखि ०७४र०७५ सम्म कुनै कर नबुझाएको विभागको भनाइ छ ।
हिमालयन कार्गो चलाउने विनोदकुमार गुप्ताविरुद्ध आयकर छली गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । उनले कार्गो कम्पनी चलाएर १० वर्षदेखि कुनै कर नबुझार्इ ५४ करोड ४२ लाख रुपैयाँ छली गरेको राजस्व अनुसन्धान विभागले अनुसन्धानबाट देखिएको भन्दै बिगो र जरिवानासमेत २ अर्ब ७२ करोड १२ लाख ३८ हजार ७ सय ६० रुपैयाँ र तीन वर्षसम्म कैद गर्न माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको हो।
आव २०६५/०६६ देखि २०७१/०७२ सम्म साना करदाताको रुपमा वार्षिक पाँच हजार रुपैयाँ मात्रै गुप्ताले कर बुझाएको विभागले बताएको छ । गुप्ताले आव २०७२र०७३ देखि ०७४र०७५ सम्म कुनै कर नबुझाएको विभागको भनाइ छ ।
विभागले विनोद र उनका श्रीमती मधुकुमारी गुप्तालार्इ मूख्य अभियुक्त बनाएको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीले शुक्रबार पत्रकार सम्मेलन गरेर यो जानकारी दिएका हुन् । गुप्ताको नाममा रहेको १५ करोड रुपैयाँ रोक्का गरेको जानकारी दिँदै एक अर्ब रुपैयाँ बराबरको स्थिर सम्पत्ति रोक्का गरिएको उनले बताए ।