एउटै संगठन बनेर आए सबै समस्या समाधान हुन्छः गभर्नर नेपाल

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ड्रग्स ल्याउनभन्दा पनि सुनचाँदी भित्र्याउन हदैसम्म कडाइ गरिएको भन्दै दुुख व्यक्त गरे । देशमा हजारौको संख्यामा रोजगारी सृजना गर्दै आएको यो व्यवसाय प्रति रहेको सरकारको नीति तत्काल परिवर्तन गर्न जरुरी रहेको गोल्छाको भनाई छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले विभिन्न गुुटमा सञ्चालन भइरहेका सुनचाँदी व्यवासायी एक भएर आए सुन आयातमा रहेका सबै समस्या समाधान गर्न सकिने बताएका छन् । सुनचाँदी व्यवसायी संघ विभिन्न गुटमा सञ्चालन हुँदा सरकार र व्यवसायी दुुवैलाई घाटा भएकाले सम्पूूर्ण व्यवसायी एक हुनुुपर्ने बताएका हुन् ।

नेपाल रत्न तथा आभुुषण संघको चौधौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले सुनचाँदी व्यवसायीको पाँच संघठनमा हुुँनु लज्जाको विषय भएको बताए । सबै व्यवसायी संघठन एक भएर आएमा सुनचाँदी आयातको जिम्मा नीजि क्षेत्रलाई दिन सकिने उनले बताए ।
दैनिक २५ किलो सुनचाँदी आयात गर्न पाउने नीतिलाई आवश्यकता अनुुसार परिवर्तन गर्न सकिने बताउँदै नेपालले त्यसका लागि नीजि क्षेत्रले जिम्मेवारी लिनु पर्ने बताएका हुन् । तर त्यसका लागि सम्पूर्ण व्यवसायी एक हुनुपर्ने सर्त राखेका छन् । नीजि क्षेत्रले चाहेमा सरकारको खराव नीतिलाई परिर्वतन गर्न सकिने गभर्नरले बताए । नीजि क्षेत्र सुन आयात गर्न तयार रहेमा वाणिज्य बैंकले मात्र आयात गर्न पाउने नीति परिवर्तन गर्न सकिने उनको भनाई थियो ।

यस्तै रत्न तथा आभुुषण संघकी अध्यक्ष जोसना श्रेष्ठले सुनचाँदी व्यवसायलाई सरकारले वक्र दृष्टिले हेर्दै आएको भन्दै उनले सुनचाँदी व्यवसायीलाई सरकारले अपराधिको जस्तो व्यवहार गर्दै आएको बताइन् । नेपालमा ड्रग्स ल्याउन सजिलो होला तर सुन ल्याउनलाई अझ समस्या हुने उनको भनाई थियो ।

मौद्रिक नीतिमा सुनचाँदी व्यवसायीलाई समेट्ने भनिएपनि जुन किसिमले समेट्न पर्ने हो त्यसआधारमा नसमेटिएकोमा उनले दुुख व्यक्त गरिन । १० हजार व्यवसायी आबद्ध तथा ५२ हजार परिवारले रोजगारी पाएको व्यवसायलाई सरकारले उपेक्षा गरेको बताईन । सबैभन्दा बढी राजश्व संकलन हुने व्यवसायलाई फरक दृष्टिकोणले हेर्न उनको माग थियो ।

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ड्रग्स ल्याउनभन्दा पनि सुनचाँदी भित्र्याउन हदैसम्म कडाइ गरिएको भन्दै दुुख व्यक्त गरे । देशमा हजारौको संख्यामा रोजगारी सृजना गर्दै आएको यो व्यवसाय प्रति रहेको सरकारको नीति तत्काल परिवर्तन गर्न जरुरी रहेको गोल्छाको भनाई छ ।

साथै कार्यक्रममा अन्य सुनचाँदी व्यवसायी तथा नीजि क्षेत्रका प्रतिनिधीले दैनिक ४० देखि ५० किलो सुनको माग रहेपनि २५ किलो आयात हुँदै आएकाले बजारको माग धान्न नसकिने बताएका थिए । मागअनुसारको सुन नआए पनि बजारमा सुनको अभाव नहुुनुले कमिसनको आसमा चलखेल भइरहेका बताएका थिए । उनीहरुले सुन आयात गरेर नेपाली डिजाइनलाई विश्वमा बेच्न सकेमा व्यायापार घाटा कम हुने बताए । १ सय ग्राम सुन विदेशबाट ल्याउने नीति बच्चालाई ललिपपको आस देखाएजस्तो भएको बताएका थिए ।