आयातमुखी अर्थतन्त्रमाथि गभर्नर नेपालको ब्यङ्ग्य ‘कतारबाट आयात गरेको आलु खान नपरोस्’

नेपाल जस्तो विविध हावापानि भएको देशमा कृषिजन्य वस्तु पनि उत्पादन नहुनले ठुलो मात्रामा नेपाली रुपैयाँ विदेश गइरहेको नेपालले बताए । उनका अनुसार यस्तो प्रकारको समस्या समाधानका लागि धेरै पढेका युवाले जागिरे सोच बदले र व्यवसायी बन्ने सोच बनाउन आवश्यक छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले आगामी दिनमा कतारमा फलेको आलुसमेत नेपालमा आयात हुने बताएका छन् । राजधानीमा बोल्दै उनले मरुभूमिमा फलेको आलु नेपालमा आयात हुने अवस्था आउने बताए । ‘नेपालले निर्यात बढीरहेका बेला कतारजस्तो मरुभूमिको देशमा फलेको आलु खान नपर्ला भन्न सकिदैन,’ उनले भने ।

नेपाल सबै वस्तुमा परनिर्भरता बढिरहेको र सागदेखि गुन्द्रक पनि विदेशबाट आइरहेकाले कतारको मरुभूमिमा नेपाली श्रमिकले फलाएको आलु कालिमाटीबाट किन्न पर्ने सम्भावना पनि रहेको उनले बताए । ‘अहिले नेपाल एउटै कुरा नेपाली भाषामा आत्मनिर्भर रहेको छ, हामीले हाम्रो भाषा मात्र आयात गरेका छैनौं,’ उनले भने ।

भारतले ६ महिना नाकाबन्दी लगाउँदा नेपालीको हैसियत देखिएको बताउँदै उनले भने त्यसअघि १४ वस्तुमा आत्मनिर्भर भनिए पनि नाकाबन्दीमा सबै सामानको अभावपछि हाम्रो उत्पादन क्षमताको हैसियत पनि प्रस्ट देखिएको बताए । ‘हामी अण्डा र मासुजस्ता विभिन्न खाद्यान्नमा आत्मनिर्भर रहेको बताएपनि यर्थाथमा त्यो नभएको प्रस्ट भएको छ,’ उनले भने ।

नेपाल जस्तो विविध हावापानि भएको देशमा कृषिजन्य वस्तु पनि उत्पादन नहुनले ठुलो मात्रामा नेपाली रुपैयाँ विदेश गइरहेको नेपालले बताए । उनका अनुसार यस्तो प्रकारको समस्या समाधानका लागि धेरै पढेका युवाले जागिरे सोच बदले र व्यवसायी बन्ने सोच बनाउन आवश्यक छ ।

कार्यक्रममा बोल्दै सरोकारवालाले नेपाली गरगहना निर्यातका लागि निर्यात केन्द्रको स्थापना गर्न आवश्यक रहेको बताए । विभिन्न व्यवसायीले उठाएको माग सम्बोधन गर्दै सरोकारवालाले नेपालीको गरगहना बनाउने हस्तकलाको सिपलाई विश्व बजारमा निर्यात गरेर व्यापार घाटा कम गर्न सकिने बताएका थिए ।