नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष नारायणी रुपाखेती कर बढाउनुका कारण, कर तिरेपछि नागरिकलाई हुने फाइदा तथा करबाट गाउँठाउँको विकास हुने कुरालाई बुझाउन नसक्दा यसप्रति नकारात्मक धारणा उत्पन्न भएको बताउँछन् ।
बाँकेका स्थानीय तहले केही व्यवसायमा व्यवस्था गरेको करको दरबारे यहाँ टिप्पणी गरिँदै आएको छ ।
नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष नारायणी रुपाखेती कर बढाउनुका कारण, कर तिरेपछि नागरिकलाई हुने फाइदा तथा करबाट गाउँठाउँको विकास हुने कुरालाई बुझाउन नसक्दा यसप्रति नकारात्मक धारणा उत्पन्न भएको बताउँछन् । ‘कर वृद्धि गर्नु नराम्रो होइन । तर कति वृद्धि गर्ने, कुनकुन शीर्षकमा वृद्धि गर्नेलगायत कुराको अध्ययन गर्नुपर्छ,’ उनले भने । स्थानीय तहले आफूले गर्न लागेको कामको जानकारी पहिले नै नागरिकलाई गराउनुपर्ने उनको भनाइ छ ।
स्थानीय निकायले व्यवसाय, घर बहाल, मनोरञ्जन, घरजग्गा, सवारीसाधन, विज्ञापन लगायतमा कर वृद्धि गरेको छ । ‘नागरिकले कर अनिवार्य तिर्नुपर्छ, कर बढाउनेबारे नागरिकलाई बुझाउनु पर्छ,’ नेपालगञ्जका व्यापारी रामलखन गुप्ताले भने । विकास निर्माणका काममा करबाट सहयोग पुग्ने उनले बताए । स्थानीय तहले करबारे आश्वस्त गर्न नसक्दा त्यसप्रति नकारात्मक धारणा बढेको हो ।
स्थानीय तहले बढाउँदै नबढाएको करबारे हल्ला गर्नेको सङ्ख्या पनि उत्तिक्कै छ । नेपालगञ्ज उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख भूपति खत्री मदिरा तथा सुर्तीजन्य वस्तुमा कर बढाएको बताउँछन् । प्रदूषण गर्ने इँट्टाभट्टा तथा तारे होटललाईसमेत कर बढाएको उनको भनाइ छ । विगतमा वार्षिक र १५ हजार रुपैयाँ कर लिँदै आएको इँट्टाभट्टामा २० हजार, चुरोटको डिलरलाई १० हजारबाट १२ हजार, पान पसललाई एक हजारबाट दुई हजार ५ सय तथा मदिरा बेच्ने पसललाई एक हजार ५ सयबाट दुई हजार ५ सय रुपैयाँ कर बढाइएको छ ।
यसैगरी, तारे होटलमा विगतको भन्दा १० प्रतिशत कर वृद्धि गरिएको छ । विदेश पढ्न जाने विद्यार्थीसँग लिने कर १५ हजारबाट पाँच हजार रुपैयाँ घटाइएको छ । जिल्लाका ८ स्थानीय तहले बिलासिताका वस्तुमा कर बढाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणा भन्छन्, ‘बढाउँदै नबढाएको करबारे विस्तारै नागरिकले थाहा पाउनेछन् ।’ रासस