चालू वर्षको तेस्रो त्रैमास (जुलाई–सेप्टेम्बर) मा ६.३ प्रतिशत वृद्धिको तुलनामा चौथो त्रैमास (अक्टुबर–डिसेम्बर) मा ६.७ प्रतिशत र २०१८ मा मजबुत सुधारसहित ७.५ प्रतिशत आर्थिक वृद्धिको आशा छ ।
भारतको अर्थव्यवस्थामा आगामी वर्ष २०१८ को जनवरी–मार्चको त्रैमासमा राम्रो वृद्धि हुने आशा गरिएको छ भने जीडीपी वृद्धि दर पनि लगभग ७.५ प्रतिशत हुन सक्ने नोमुराले प्रकाशन गरेको एक शोध रिपोर्टमा भनिएको छ ।
जापानको वित्तीय सेवा कम्पनी नोमुराको कम्पोजिट लिडिङ् इन्डेक्स (सीएलआई) का अनुसार नयाँ नोट चलनचल्तीमा ल्याउनु र विश्वबजारमा यसको मागमा सुधार हुँदा चौथो त्रैमास (अक्टूबर–दिसम्बर) मा आर्थिक वृद्धि दर मजबुत हुने र पहिलो त्रैमास (जनवरी–मार्च) मा यसको गति बढ्नेछ ।
नोमुराको शोध रिपोर्टमा भनिएको छ, ’हामी वृद्धि परिदृश्य देखेर उत्साहित छौं । चालू वर्षको तेस्रो त्रैमास (जुलाई–सेप्टेम्बर) मा ६.३ प्रतिशत वृद्धिको तुलनामा चौथो त्रैमास (अक्टुबर–डिसेम्बर) मा ६.७ प्रतिशत र २०१८ मा मजबुत सुधारसहित ७.५ प्रतिशत आर्थिक वृद्धिको आशा छ । रिपोर्टका अनुसार मुद्रास्फीति दबाब बढ्ने र तेलको उच्च मूल्यलाई दृष्टिगत गर्दै मौद्रिक नीतिलाई कडा गरिने सम्भावना छ । यसका अतिरिक्त ६ डिसेम्बरको मौद्रिक नीति समिति (एमपीसी) को बैठकको विवरणबाट थाहा हुन्छ कि अधिकतर सदस्यहरुले मुद्रास्फीति बढ्न सक्ने जोखिमलाई लिएर शङ्का व्यक्त गरेका छन् र नीतिगत दरलाई यथावत् राखेका छन् ।
नोमुरा भन्छ, ’हामीले २०१८ को दोस्रो त्रैमासमा मौद्रिक नीति समितिका तर्फबाट थोरै आक्रामक राखिने आशा राखेका छौं । त्यसबेला वृद्धि र मुद्रास्फीति दुवै बढी हुनेछन्, तर हाम्रो मान्यता छ कि २०१८ मा नीतिगत दर जस्ताको त्यस्तै रहनेछ । भारतीय रिजर्भ बैङ्कले चालू आवको पाँचौ मौद्रिक नीति समीक्षामा रेपो दर र रिभर्स रेपो दरलाई क्रमशः ६ प्रतिशत र ५.७५ प्रतिशतमा राख्यो । साथै, २०१७–१८ का लागि मुद्रास्फीतिको अनुमानलाई बढाएर ४.३–४.७ प्रतिशत बनायो ।
नवभारत टाइम्सबाट