विदेश मन्त्रालयका सचिवहरुको बैठक सुरु

परराष्ट्र मन्त्रालयका अनुसार वरिष्ठ अधिकारीहरुको यो १९औं बैठक हो । बैठकको अध्यक्षता आयोजक राष्ट्रका हैसियतले परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीले गरेका छन् ।

बिहीबारबाट सुरु हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को तयारीका लागि विदेश मन्त्रालयका सचिवहरुको बैठक सुरु भएको छ ।

बैठकमा सदस्य राष्ट्रका परराष्ट्र तथा विदेश मन्त्रालयका सचिवहरु सहभागी भएका छन् । होटल सोल्टीमा सुरु भएको बैठकमा शिखर सम्मेलनका सारभूत विषय, सिफारिस गर्ने विषयगत क्षेत्रगत र यसअघिका उपलब्धिको पुनरवलोकन तथा कार्यान्वयनको प्रगति समीक्षा सम्बन्धमा छलफल हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार वरिष्ठ अधिकारीहरुको यो १९औं बैठक हो । बैठकको अध्यक्षता आयोजक राष्ट्रका हैसियतले परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीले गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार बुधबार सदस्य राष्ट्रका परराष्ट्र(विदेश मन्त्रिस्तरीय बैठक हुनेछ। बिहीबार र शुक्रबार राष्ट्राध्यक्ष(सरकार प्रमुखको शिखर सम्मेलन हुनेछ।