बिम्स्टेकले क्षेत्रीय सहयोगलाई पुनर्जीवित गर्न सक्ला ?

दक्षिण एसिया तथा दक्षिणपूर्व एसियाका बङ्ग्लादेश, भूटान, भारत, नेपाल, श्रीलङ्का, म्यान्मार तथा थाइल्यान्डसहित सात राष्ट्रको उपक्षेत्रीय समूहले सार्कको भाग्य जोखिममा पार्दै छ, जुन दुई परमाणु शक्ति– भारत तथा पाकिस्तानबीच तीतो प्रतिद्वन्द्विताले असफल बनेको छ ।

काठमाडौंमा भदौ १४ र १५ गते बङ्गालको खाडीको प्रयास बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग (बिम्स्टेक) आयोजना हुँदै छ । स्थापनाको २१ वर्ष भइसक्दा पनि यो अझै आफ्नो खुट्टामा उभिन सङ्घर्ष गर्दै छ ।

दक्षिण एसिया तथा दक्षिणपूर्व एसियाका बङ्ग्लादेश, भूटान, भारत, नेपाल, श्रीलङ्का, म्यान्मार तथा थाइल्यान्डसहित सात राष्ट्रको उपक्षेत्रीय समूहले सार्कको भाग्य जोखिममा पार्दै छ, जुन दुई परमाणु शक्ति– भारत तथा पाकिस्तानबीच तीतो प्रतिद्वन्द्विताले असफल बनेको छ ।

हुन त, उत्साह तथा गतिशीलता जोड्ने कोसिसमा बिम्स्टेकका सदस्य राष्ट्रका नेताहरु काठमाडौंमा ‘शान्त, समृद्ध तथा दिगो बङ्गालको खाडी’ नारा लिएर चौथो शिखर सम्मेलनका लागि भेला हुँदै छन् ।

‘हामीले छलफलका लागि कनेक्टिभिटी, लगानी, व्यापार, पर्यटन, गरिबी उन्मूलन, जलवायु परिवर्तनमा कमी तथा सीमापार अपराध नियन्त्रणसहित पाँच प्राथमिक क्षेत्र निक्र्योल गरेका छौं,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘हामी यस क्षेत्रका नागरिकलाई समृद्धितर्फ लान बिम्स्टेकलाई एउटा प्रभावकारी संयन्त्रका रूपमा विकसित गर्न चाहेका छौं ।’

दुवै क्षेत्रीय सङ्गठन, बिम्स्टेक तथा सार्कको अध्यक्षको हैसियतले नेपालले तिनलाई सक्रिय बनाउन प्रेरित गरेको छ, किनकि दशकौंको राजनीतिक सङ्क्रमणपछि नेपाल स्थिरतातिर उन्मुख हुँदै छ ।

बिम्स्टेक शिखर सम्मेलन कम्युनिस्ट नेतृत्वको बहुमतप्राप्त सरकारका लागि विश्वमा देशको छवि अभिवृद्धि गर्ने तथा स्वतन्त्र वैदेशिक नीति कार्यान्वयन गर्ने अवसर प्रदान गर्नेछ, जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारका प्रमुख विशेषतामध्ये एकका रुपमा वर्णन गर्ने गरेका छन् । यो सम्मेलन नयाँ सरकार गठन भएपछि नेपालद्वारा आयोजित सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय आयोजन हुनेछ ।

हुन त शिखर सम्मेलन दुई वर्षअघि नै हुनुपर्ने थियो । तर नेपालले अनिच्छा देखायो । किनकि भारतसँग सम्बन्ध तिक्त बनेको थियो । नेपालको नयाँ संविधान लागू हुँदा त्यसमा चित्त नबुझेर भारतले नेपालमा नाकाबन्दी लगाएको थियो । अहिले भारतसँगको सम्बन्ध निकै सुधार भएकाले नयाँ आशा तथा उत्साहबीच शिखर सम्मेलन हुँदै छ ।

बिम्स्टेक दक्षिण तथा दक्षिणपूर्व एसियाबीचको पुल हो, तथा नेपाल एवम् भूटान जस्ता भूपरिवेष्ठित राष्ट्र जो स्वाभाविक रूपले सडक, रेलमार्ग तथा ट्रान्समिसन लाइनका माध्यमले दक्षिणपूर्व एसियाली मुलुकसँग जोडिने इच्छा राख्छन्, जसले गर्दा उनीहरुको व्यापार, पर्यटन तथा व्यक्तिगत रुपमा नागरिकसँगको सम्बन्धमा सुधार हुन्छ ।

यहाँ, बिम्स्टेकको उद्देश्य चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)सँग राम्ररी समन्वय भएका छन्, जसले कनेक्टिभिटी, व्यापार, लगानी तथा यस महाद्वीपका नागरिकहरुलाई एक आपसको सम्बन्धमा केन्द्रित गर्छ ।

तैपनि, आलोचकहरुका अनुसार भारतले पाकिस्तानलाई अलग्याउन सार्कको विकल्पका रूपमा रणनीतिक रूपले बिम्स्टेकलाई उठाएको हो । अक्टोबर २०१६ मा, भारतले छ ओटा बिम्स्टेक राष्ट्रलाई गोवामा ब्रिक्स आउटरिच शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरेको थियो ।

भारतको उडीमा आतङ्ककारी हमलापछि, भारत २०१६ मा इस्लामावादमा निर्धारित १९औं सार्क शिखर सम्मेलनबाट बहिरिएको थियो । त्यहाँदेखि, सार्क भारतका लागि प्राथमिकता रहेन । सार्कलाई पुनर्जीवित गर्न नेपालको प्रयासका बावजुद, सफलता मिलेको छैन । पाकिस्तानले नेपालसँग १९औंं सार्क शिखर सम्मेलन आयोजनका लागि रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

यदि भारतले बिम्स्टेकलाई केवल आफ्ना अप्ठ्यारा छिमेकीलाई भौगोलिक साधनका रुपमा उपयोग गर्ने प्रयास गर्छ भने सङ्गठनले धेरै उद्देश्य पूरा गर्ने सम्भावना छैन । वास्तवमा बिम्स्टेकलाई पहिले नै कैयौं लक्ष्य (सहयोगका कम्तीमा १४ ओटा क्षेत्र)को भार बोकाइएको छ । तर, तीमध्ये निकै थोरै अथवा कुनै पनि कार्यान्वयनमा छैनन् ।

उदाहरणका लागि, बिम्स्टेकका सदस्य राष्ट्रले २००४ मा सुरू हुने भनिएको एउटा मुक्त व्यापार सम्झौता (एफटीए) वार्ताको निष्कर्ष निकाल्नै बाँकी छ । यद्यपि एफटीएलाई प्राथमिकता दिइएको छ, तर पनि अन्तरक्षेत्रीय व्यापारलाई अहिलेको ७ प्रतिशतबाट बढाएर २१ प्रतिशतसम्म पुर्याउने लक्ष्य छ, वार्ताका सहभागीहरुका अनुसार जुन सात देशको संलग्नाताका कारण अझै पनि एउटा चुनौती हुनेछ ।

यी सबैका अतिरिक्त, कैयौं सकारात्मक कुरा छन्, जसले राष्ट्रलाई पारस्परिक लाभ लिन तथा सहयोग गर्न प्रेरित गर्छन् । परिस्थितिजन्य तथा बौद्ध दर्शन दुइटा महत्त्वपूर्ण कारक हुन्, जसले बिम्स्टेक राष्ट्रलाई एकजुट बनाउँछन् । बङ्गालको खाडी मनसुनको स्रोत हो, जुन कृषि विकासको जीवन रेखा हो । बगालको खाडीमा पानी पार्ने बादल बनेर यस क्षेत्रमा फैलिन्छन्, जसले त्यहाँका किसानलाई उत्साह प्रदान गर्छन् ।

तर, यो बौद्ध धर्म हो, जसले यस क्षेत्रका नागरिकलाई एक सूत्रमा बाँध्छ । श्रीलङ्का, म्यान्मार तथा थाइल्यान्ड बुद्धिष्ट राष्ट्र हुन्, जबकि नेपाल बुद्धको जन्मथलो हो । भारतमा बुद्धलाई ज्ञान प्राप्त भयो तथा नेपालकै माध्यमले चीन, भियतनाम, लाओस, कम्बोडिया र जापानमा उनको दर्शन प्रचार गरियो ।

पूर्वप्रधानमन्त्री सुशील कोइरालाले २०१४ मा म्यान्मारमा तेस्रो बिम्स्टेक शिखर सम्मेलनमा दक्षिण तथा दक्षिणपूर्व एसियाका महत्त्वपूर्ण बौद्धस्थललाई जोडेर ‘बौद्ध सर्किट’ विकास गर्ने प्रस्ताव गरेका थिए । त्यसका लागि यो उत्तम समय हो, बिम्स्टेकका नेताहरुले आफ्ना नागरिकका बीच सामाजिक–सांस्कृतिक सम्बन्ध अभिवृद्धि गर्न ‘बौद्ध सर्किट’को अवधारणामा काम गरे ।

यसका अतिरिक्त, उनीहरुले आसियान अथवा ईयू जस्तै एउटा जीवन्त सङ्गठनका रुपमा बिम्स्टेकलाई विकसित गर्न आफ्नो राजनीतिक इच्छाशक्ति तथा प्रतिबद्धता देखाउनु पर्छ । तब मात्र उनीहरु आफ्ना वाचा पूरा गर्न सक्षम हुनेछन् ।

china.org.cn मा राइजिङ नेपालका सहायक सम्पादक ऋतुराज सुवेदीको रिपोर्टको अनौपचारिक अनुवाद ।