निजी क्षेत्रको अपेक्षाअनुसार सरकारले आर्थिक वृद्धिको काम गर्न सकेनः अध्यक्ष राणा

नेपाल आर्थिक पत्रकार समाजको वार्षिक साधारण सभामा बोल्दै उनले अर्थतन्त्र बुझेका व्यक्ति अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्रमा राम्रो हलचल ल्याउने सोचिए पनि यो अवधिमा उत्कृष्ट काम नभएको दाबी गरिन् । स्थाई सरकारको निर्माण र लोडसेडिङ्को अन्त्य भइसकेको अवस्थामा देशको आर्थिक सूचकले गति लिन नसक्दा निजी क्षेत्रमा निराशा छाएको उनले बताइन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)की अध्यक्ष भवानी राणाले सरकारले ६ महिनासम्म पनि निजी क्षेत्रले गरेको अपेक्षाअनुसार काम गर्न नसकेको बताएकी छिन् । बलियो र स्थायी सरकारले देशमा आर्थिक वृद्धिका लागि धेरै काम गर्ने अपेक्षा निजी क्षेत्रले राखे पनि त्यसअनुरुपको काम नभएको राणाले बताएकी हुन् ।

नेपाल आर्थिक पत्रकार समाजको वार्षिक साधारण सभामा बोल्दै उनले अर्थतन्त्र बुझेका व्यक्ति अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्रमा राम्रो हलचल ल्याउने सोचिए पनि यो अवधिमा उत्कृष्ट काम नभएको दाबी गरिन् । स्थाई सरकारको निर्माण र लोडसेडिङको अन्त्य भइसकेको अवस्थामा देशको आर्थिक सूचकले गति लिन नसक्दा निजी क्षेत्रमा निराशा छाएको उनले बताइन् ।

एफएनसीसीआई सरकारसँग सहकार्य गर्न तयार रहेको बताउँदै उनले बढ्दो व्यापार घाटा र रोजगारी अभिवृद्धि आर्थिक प्रगतिको मुख्य चुनौती भएको बताइन् । हाल व्यवसायी तथा उद्योगी दोहोरो कर तिर्न बाध्य भएकाले उनीहरुमा रहेको करको त्रासलाई समयमै समाधान गर्न आवश्यक रहेको उनको भनाइ छ ।

यस्तै चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सङ्घीय व्यवस्थापछि देशमा मनोमानी ढङ्गले कर लागू भइरहेको बताए । दोहोरो कर प्रणालीलाई सरकारले समयमै समाधान गर्न पर्ने बताउँदै उनले करको सही व्यवस्थापन गर्दै उत्पादनलाई जोड दिन आवश्यक रहेको तर्क राखे । हाल १४ देखि १५ गुणा व्यापार घाटा रहेको अवस्थामा उत्पादनलाई जोड दिएर निर्यात गर्न आवश्यक रहेको औंल्याए । वैज्ञानिक कृषि प्रणाली, पर्यटन व्यवसाय र वैदेशिक लगानी जस्ता पक्षले आर्थिक समृद्धिका लागि सहयोग गर्ने मल्लले बताए ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले जीडीपीको ३० प्रतिशत कर उठाएर आर्थिक समृद्धिको नारा लाउन नहुने बताए । उनले देशको कुल जीडीपी ३० खर्ब रहेकाले तीन खर्ब कर उठाउँदै अाएकाे बताए ।