मौसमी परिवर्तनका कारण सौर्य तापमा उतारचढाव हुँदा सौर्य ऊर्जाको उत्पादनमा पनि प्रभाव पर्ने भएकाले न्यूनतम १५ प्रतिशत अर्थात् १ सय ५० मेगावाट मात्रै राष्ट्रिय ग्रिडमा जोड्न सकिने व्यवस्था लागू गरिएको हो ।
एक सय ५० मेगावाट क्षमताको सौर्य ऊर्जा राष्ट्रिय ग्रिडमा जोड्न सकिने भएको छ । नेपालमा कुल १ हजार मेगावाटको ग्रिड पावरमा १५ प्रतिशत मात्रै सौर्य ऊर्जा राष्ट्रिय ग्रिडमा जोड्न सकिने भएको हो । मौसमी परिवर्तनका कारण सौर्य तापमा उतारचढाव हुँदा सौर्य ऊर्जाको उत्पादनमा पनि प्रभाव पर्ने भएकाले न्यूनतम १५ प्रतिशत अर्थात् १ सय ५० मेगावाट मात्रै राष्ट्रिय ग्रिडमा जोड्न सकिने व्यवस्था लागू गरिएको हो ।
नेपालमा तीन हजारभन्दा बढी सौर्य ऊर्जा उत्पादन क्षमता रहेको बताइएको छ । वैकल्पिक ऊर्जाका रुपमा रहेको सौर्य ऊर्जा उत्पादन र विकास गर्न सकिने ठूलो सम्भावना रहेको सौर्य ऊर्जाविद्हरु बताउँछन् । अधिकतम १ सय ५० मेगावाट सौर्य ऊर्जा ग्रिडको खरिदबिक्री सम्झौता (पीपीए) गर्न सकिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हाल काठमाडौं उपत्यकाभित्र मात्रै ६ सय मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न सकिने सम्भावना रहेको वैकल्पिक ऊर्जा उत्पादन केन्द्रले जनाएको छ ।
हालसम्म १९ मेगावाट सौर्य ऊर्जाको पीपीए भइसकेको छ । त्यस्तै ६१ मेगावाट पीपीएको चरणमा रहेको प्राधिकरणले जनाएको छ । ५ सय मेगावाट सौर्य ऊर्जाका लागि जेनेरेसन लाइसेन्स जारी भइसकको विद्युत् विभागको तथ्याङ्कमा उल्लेख छ । औद्योगिक क्षेत्र, ग्रामीण बस्ती र सहरी क्षेत्रका लागि सौर्य ऊर्जाको प्रभावकारी बढ्दै गएको सौर्य ऊर्जाविद् जीवन मल्लिकले बताए । उनले काठमाडौं, पोखरा, विराटनगर जस्ता औद्योगिक र सहरी क्षेत्रहरुका व्यावसायिक उद्योग, आवासीय भवन, घर र उद्योगमा सबैभन्दा बढी सौर्य ऊर्जाको सम्भावना रहेको बताए । पछिल्लो समय सौर्य ऊर्जा निकै महँगो र पिक टाइममा माग पूरा नहुने स्रोत भनेर अफवाह फैलाइए पनि नेपालको सन्दर्भमा यस्को प्रभावकारी बढ्दै गएको उनको भनाइ छ ।
यता, सौर्य ऊर्जा अन्त्यन्त महँगो हुने भएको त्यसको प्रभावकारी निकै कम देखिएको ऊर्जाविद् ज्ञानेन्द्रलाल प्रधानले बताए । भारतबाट आउने सौर्य ऊर्जा सस्तो हुने र नेपालमा उत्पादित सौर्य ऊर्जा निकै महँगो भएकाले बरु भारतबाट आयात हुने क्रम बढ्दै गएको उनको तर्क छ ।
अहिले सरकारले सौर्य ऊर्जाको प्रतिमेगावाट ७ रुपैयाँ ४ पैसामा पीपीए गर्दै आएको छ । तर, भारतबाट प्रतिमेगावाट ३ रुपैयाँ ९० पैसामा सौर्य ऊर्जा किन्न सकिन्छ ।