ग्यास उद्योगीको करोडौं रुपैयाँ जोखिममा

सरकारले ग्यास बुलेट खरिदमा ६६ प्रतिशतसम्म छुट दिएको थियो । छुट पाएपछि ग्यास उद्योगीले नेपाल आयल निगमबाट सात सय ७५ बुलेट सञ्चालनको लागि अनुमति लिएका छन् । त्यसको लागि निगमलाई धरौटी स्वरुप प्रतिबुलेट ५० हजार रुपैयाँ बुझाएका छन् । ती मध्ये ५२ अाेटा बुलेट निर्माण भैसकेका छन् । कतिपय उद्योगीले धरौटी रकम जम्मा गरेर अर्डर दिएका छन् । एउटा बुलेटको मूल्य करिब ७० लाख रुपैयाँ पर्छ ।

भारतीय अवरोधले नेपाली ग्यास उद्योगीको करोडौं रुपैयाँ लगानी जोखिममा परेको छ । खाना पकाउने ग्यासको ढुवानीमा भारतीय परनिर्भरता हटाउनका लागि नेपाली ग्यास उद्योगीले करोडौं रुपैयाँ लगानी गरेर ग्यास बुलेट खरिद गरे पनि डेढ वर्षदेखि भारतीय अवरोधले बुलेट सञ्चालनमा आउन सकेका छैनन् ।

बुलेट सञ्चालनमा ल्याउने वातावरण बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले यसै साता भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानलाई गरिएको आग्रहलाई घुमाउरो पाराले अस्वीकृत गरेका छन् ।

दुई देशका मन्त्रीबीच भारतमा सम्पन्न उच्चस्तरीय बैठकमा उद्योगमन्त्री यादवले लामो समयदेखि भारतमा रोकिएका बुलेट सञ्चालन गरेर ग्यास ढुवानीको व्यवस्था मिलाउन आग्रह गरेका थिए । भारतीय पक्षले कानुन संशोधन गर्नुपर्ने बताएकाले तत्काल बुलेट सञ्चालन नहुने आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले बताए । ‘मन्त्री ज्यूले ग्यास बुलेट सञ्चालन गर्ने बाटो खोलिदिन आग्रह गर्नुभयो, उनले भने, ‘भारतीय पक्षले कानुन संशोधन गर्नुपर्ने बताएको छ ।’

बुलेट सञ्चालनको लागि भारतीय पक्षसँग बार्ता भएको यो पहिलो पटक होइन । यसअघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा समेत यो विषय प्रवेश पाएकाले भारतीय पक्ष तत्काल खाना पकाउने ग्यास ढुवानीमा आफ्नो पकड छाड्ने पक्षमा छैन । पटक पटकका बैठकमा कुरा उठाए पनि कानुन अबरोध हटाउन भारतीय पक्षले सक्रियता देखाएको छैन । यसले भारतीय पक्षको नियत प्रष्ट हुन्छ ।

अहिले भारतीय ग्यास बुलेटले नेपालका ग्यास उद्योगसम्म ढुवानी गर्दै आएका छन् । सरकारले ग्यास बुलेट खरिदमा ६६ प्रतिशतसम्म छुट दिएको थियो । छुट पाएपछि ग्यास उद्योगीले नेपाल आयल निगमबाट सात सय ७५ बुलेट सञ्चालनको लागि अनुमति लिएका छन् । त्यसको लागि निगमलाई धरौटी स्वरुप प्रतिबुलेट ५० हजार रुपैयाँ बुझाएका छन् । ती मध्ये ५२ अाेटा बुलेट निर्माण भैसकेका छन् । कतिपय उद्योगीले धरौटी रकम जम्मा गरेर अर्डर दिएका छन् । एउटा बुलेटको मूल्य करिब ७० लाख रुपैयाँ पर्छ ।

भारत सरकारले पक्षले एक्प्लोसिभ सर्टिफिकेट नदिएको कारण ढुवानी हुन पाएको छैन । एक्प्लोसिभ सर्टिफिकेट दिएपछि मात्र इन्डियन आयल कर्पोरेसनलले ग्यास ढुवानी गर्न दिन्छ । अहिले भारतका करिब ६ सय ग्यास बुलेटले नेपालमा ग्यास ढुवानी गरिरहेकाले आफ्नो व्यवसाय गुम्ने भएकाले नेपाली बुलेटलाई ग्यास ढुवानीको अनुमति नदिन दबाब दिँदै आएको व्यवसायी बताउँछन् ।

ग्यास ढुवानी गरे बापत वार्षिक करिब दुई अर्ब रुपैयाँ भारतीय व्यवसायीले आम्दानी गरेका छन् । नेपाली बुलेटले ढुवानी सुरु गरे सो रकम नेपालमै रहने र हजारौंले रोजगारी पाउने भएकाले बुलेट सञ्चालन गर्न पाउने पर्ने माग नेपाली व्यवसायीको छ । भारतमा भएको उच्चस्तरीय बार्तामा पेट्रोल र ग्यास पाइपलाइन निर्माणमा सघाउने भारतका पेटोलियम मन्त्री प्रधानले प्रतिवद्धता जनाएका छन् ।