प्रारम्भिक बैठकका विषयमा छलफलका लागि चीन पुगेको नेपाली टोलीसँगको भेटवार्तामा चीनले यस्तो प्रस्ताव गरेको हो ।
४ सय केभीको गल्छी—केरुङ प्रसारण लाइन निर्माण चीन र नेपालको संयुक्त लगानीमा बनाउन चीनले प्रस्ताव राखेको छ । प्रारम्भिक बैठकका विषयमा छलफलका लागि चीन पुगेको नेपाली टोलीसँगको भेटवार्तामा चीनले यस्तो प्रस्ताव गरेको हो ।
नेपालले प्रसारण लाइन बनाउन चीनले अनुदान दिनुपर्ने प्रस्ताव विपरीत चिनियाँ पक्षले यस्तो निर्णय गरेको प्रसारण लाइन आयोजनाका प्रमुख कोमलनाथ आत्रेयले बताए । ‘चीनले प्रसारण लाइन बनाउन सबै अनुदान दिन नसक्ने बताएको हो,’ उनले भने, ‘प्रारम्भिक छलफल मात्रै हो । ऋण या अनुदान कसरी दिने विषयमा चीनसँग छलफल भइरहेको छ ।’
नेपाल र चीनबीचको विद्युत् व्यापारका लागि निर्माण गर्न लागिएको उक्त प्रसारण लाइन निर्माणमा चीनको अनुदानमा बनाउन प्रस्ताव गरिएको थियो । प्रस्तावमा चिनियाँ पक्षले प्रसारण लाइन बनाउन सबै अनुदान दिन नसक्ने बताएको हो । चीनलाई एक हजार मेगावाट विद्युत् खरिद गरिदिन पनि प्रस्ताव गरिएको थियो ।