जापानको निक्कीमा मङ्गलबार ० दशमलव १ प्रतिशतले कमी आई २२ हजार ६ सय ९७ अङ्कमा रोकिएको छ । त्यस्तै, हङकङको हाङसेङ पनि ० दशमलव १ प्रतिशतले घटेर २७ हजार ७ सय १ मा बन्द भयो भने शाङ्घाईको शाङ्घाई कम्पोजिट सूचकमा ० दशमलव १ प्रतिशतले कमी भई ३ हजार ७ सय १८ मा बन्द भयो ।
अमेरिकामा श्रम दिवसको अवसरमा भएको बिदा र चिनियाँ उत्पादनमा भएको कमीका कारण एसियाका प्रमुख सेयरबजारमा मङ्गलबार मन्दी देखिएको छ ।
जापानको निक्कीमा मङ्गलबार ० दशमलव १ प्रतिशतले कमी आई २२ हजार ६ सय ९७ अङ्कमा रोकिएको छ । त्यस्तै, हङकङको हाङसेङ पनि ० दशमलव १ प्रतिशतले घटेर २७ हजार ७ सय १ मा बन्द भयो भने शाङ्घाईको शाङ्घाई कम्पोजिट सूचकमा ० दशमलव १ प्रतिशतले कमी भई ३ हजार ७ सय १८ मा बन्द भयो ।
अस्ट्रेलियाको एसएन्डपी २००मा ० दशमलव ४ प्रतिशतले कमी आई ६ हजार २ सय ८५ अङ्क भएको छ । दक्षिण कोरियाको कोस्पी भने ० दशमलव १ प्रतिशत बृद्धि भई २ हजार ३ सय ८ मा बन्द भयो । एपी