निगमले बुधवार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल प्रतिलिटर १,डिजेल र मट्टितेल ३ र एलपीजी ग्याँसमा प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधवार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल प्रतिलिटर १,डिजेल र मट्टितेल ३ र एलपीजी ग्याँसमा प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ ।
बढेको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२, डिजेल र मट्टितेल ९८ एलपी ग्याँसमा प्रति सिलिन्डर १४०० रुपैया पुगेको छ । निगमका निर्देशक एवम् प्रवक्ता वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको, यूएस डलरको तुलनामा नेपाल र भारतीय मुद्राको अवमूल्यन भएको भन्दै मूल्य समायोजन गरिएको जानकारी दिए । यसअघि भदौ ३ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो ।
निगमले यसरी मूल्य समायोजन गर्दा पनि पेट्रोलमा प्रति ३६ पैसा, डिजेलमा ४९ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ३०९ रुपैया ७९ पैसा घाटा रहने जनाइएको छ । यो समायोजन पश्चात् भारतको रक्सौलभन्दा नेपालको वीरगन्ज तर्फको सीमा मूल्यमा पेट्रोलमा प्रतिलिटर २५ रुपैया ७७ पैसा र डिजेल २५ रुपैया ५० पैसाले नेपालतर्फ नै सस्तो कायम हुन पुगेको प्रवक्ता गोइतको भनाइ छ ।