बङ्गलादेशले ९ हजार मेगावाट बिजुली खरिद गर्ने

सन् २०४० भित्र ९ हजार मेगावाट नेपालबाट विजुलीखरिद गर्ने योजना अघि सारेको हो । बङगलादेशको पावर,ऊर्जा र मिनरल रिसोर्स मन्त्रालय अन्र्तगतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट २०४० भित्र ९ हजार मेगावाट विजुली आयात गर्ने उल्लेख छ ।

बङगलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुलीखरिद गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन बङगलादेश भ्रमणमा रहेका बेला बङगलादेशले यस्तो योजना सार्वजनिक गरेको हो ।  सन्०४० भित्र ९ हजार मेगावाट नेपालबाट विजुलीखरिद गर्ने योजना अघि सारेको हो । बङगलादेशको पावर,ऊर्जा र मिनरल रिसोर्स मन्त्रालय अन्र्तगतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट २०४० भित्र ९ हजार मेगावाट विजुली आयात गर्ने उल्लेख छ ।

ढाकामा विहिवारबाट सुरु भएको पावर एण्ड इनर्जी विक सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बङगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालबाट विजुली आयात गर्ने योजना अघि बढेको भन्दै छिट्टै त्यसले मुर्त रुप पाउने दाबी गरे । उनले भनिन ‘नेपाल र भुटानबाट विजुली आयात गर्ने हाम्रो कोशिस जारी छ, नेपालसंग यसैलाई मद्दत पुग्ने गरी हामीले गत महिना एमओयुमा हस्ताक्षर गरिसकेका छौ।’ उनले बङगलादेश, भारत र भुटानबीच छिट्टै त्रिपक्षीय समझदारीमा हस्ताक्षर हुने जानकारी समेत दिइन्  ।

नेपाल र बङगलादेशबीचगत १० अगस्टमाइनर्जी कोअपरेशनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपालका उर्जामन्त्री बर्षमान पुन र बङगला देशका उर्जामन्त्री नसरुल हमिदबीचले उक्त समझदारीमा हस्ताक्षर गरेका थिए ।

उर्जा मन्त्री पुनले नेपालमा उत्पादित विजुलीको लागी बजारको समस्या नपर्ने भन्दै नेपालको जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै आएका छन । उर्जामन्त्री पुनले आगामी १० बर्षमा नेपालले १५ हजार विद्युत उत्पादन गर्ने सरकारको योजना रहेकोे भन्दै आफुहरु बङगला देशमा विद्युत निर्यात गर्न तयार रहेको धारणा राखे ।‘हामी १० बर्षमा १५ हजार विजुलीउत्पादन गरिसक्छौ,त्यसमा ५ हजार विजुली बङगला देशलाई बेच्न हामीलाई समस्या हुंदैन् ।’मन्त्रीपुनले भने ।

बङगलादेशको तीनदिने भ्रमणका क्रममा ढांका पुगेका मन्त्री पुनले उर्जा र जलविद्युत क्षेत्रमा गर्ने सहकार्य बारे शुक्रबार आफ्ना समकक्षीसंग द्धिपक्षिय वार्ता गर्दै छन । उनले शुक्रबार नै प्रधानमन्त्री शेख हसिनासंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।