पर्साको ओपिसी सिमेन्ट्सको इजाजतपत्र स्थगन

कम्पनीको सिमेन्ट्समा आइआर र एलएसएफ नेपाल गुणस्तर नभएपछि इजाजतपत्र स्थगत भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले उक्त कम्पनीको इजाजत स्थगन गरेको हो । 

पर्साबाट उत्पादित इन्टरनेशनल सिमेन्ट्स प्रालिबाट उत्पादित ओपिसी सिमेन्टको इजाजतपत्र स्थगन भएको छ । उक्त कम्पनीको सिमेन्ट्समा आइआर र एलएसएफ नेपाल गुणस्तर नभएपछि इजाजतपत्र स्थगत भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले उक्त कम्पनीको इजाजत स्थगन गरेको हो ।

विभागको शुक्रबार भएको निर्णयअनुसार उक्त कम्पनीको नेपाल गुणस्तर मापदण्ड विपरीत पाइएपछि उक्त निर्णय गरेको विभागका महानिर्देशक विश्ववावु पुडासैनीले जानकारी दिए ।