बोटलर्स नेपालले २० प्रतिशत नगद लाभांश दिने

सञ्चालक समितिले गरेको उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गर्नुपर्ने छ ।

बोटलर्स नेपाल (तराई)ले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश दिने भएको छ । सञ्चालक समितिले गरेको उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गर्नुपर्ने छ ।

यसका लागि बोटलर्स नेपाल (तराई)को ३२औं वार्षिक साधारण सभा गर्नेहुँदा असोज २ गतेदेखि १६ गतेसम्मका लागि बुक क्लोज गर्ने भएको छ ।