महासङ्घ–मोरङ उद्योग सङ्गठनबीच ‘पत्रयुद्ध’

घिमिरेकी आमाकाे स्वर्गारोहण भएकाले काममा बसेका बेला महासङ्घले इमेल गर्दै पत्र पठाएको थियो । महासङ्घको पदाधिकारीमा हाम्रा सदस्य मातृशोकमा परेका बेला स्पष्टीकरणभन्दा पनि संवेदना पत्र पठाउनुपर्ने धारणा राखेका थिए । तर, ढकाल र प्रधान एक ठाउँमा उभिएर जुनसुकै हालतमा पनि घिमिरेलाई स्पष्टीकरण सोध्नुपर्नै अडानमा थिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका विशिष्ट सदस्य तथा पूर्व अध्यक्ष चण्डीराज ढकाल र जिल्ला – नगर उपाध्यक्ष किशोर प्रधानको निरन्तर दबाबपछि माेरङ उद्योग सङ्गठनका अध्यक्ष भीमप्रसाद घिमिरेलाई स्पष्टीकरण सोध्दा महासङ्घ आफै सङ्कटमा परेको छ ।

ढकाल र प्रधानले घिमिरेले महासङ्घको विधान र आचारसंहिता विपरीत कार्य गरेकाले स्पष्टीकरण सोध्नुपर्ने पदाधिकारीलाई निरन्तर दबाब दिँदै आएका थिए । तर, अध्यक्षसहित पदाधिकारी स्पष्टीकरण सोध्न नहुने पक्षमा देखिएपछि ढकाल र प्रधानको दबाब सहन नसकेपछि महासङ्घले इमलेमार्फत घिमिरेको स्पष्टीकरण माग गरेको हो ।

घिमिरेकी आमाकाे स्वर्गारोहण भएकाले काममा बसेका बेला महासङ्घले इमेल गर्दै पत्र पठाएको थियो । महासङ्घको पदाधिकारीमा हाम्रा सदस्य मातृशोकमा परेका बेला स्पष्टीकरणभन्दा पनि संवेदना पत्र पठाउनुपर्ने धारणा राखेका थिए । तर, ढकाल र प्रधान एक ठाउँमा उभिएर जुनसुकै हालतमा पनि घिमिरेलाई स्पष्टीकरण सोध्नुपर्नै अडानमा थिए ।

महासङ्घले साेधेकाे स्पष्टीकरणकाे पत्र

महासङ्घ देशका उद्योगीहरूको छाता सङ्गठन भएको र सबै उद्योगीको हितमा काम गर्दै आएको अवस्थामा उद्योग सङ्गठन मोरङले महासङ्घको विधान विपरीत काम गरेको निस्कर्ष निकाल्दै स्पष्टीकरण सोधेको हो ।

सङ्गठनका अध्यक्ष घिमिरेलाई इमेलमार्फत गएको पत्र आफै गैरकानुनी भएको बताएका छन् । निमित्त महानिर्देशकलाई महासङ्घको विधानको कुन दफाले स्पष्टीकरण सोध्ने अधिकार प्रदान गरेको भन्दै महासङ्घलाई पत्रमार्फत प्रश्न गरेका छन् ।

महासङ्घ जस्तै उद्योग सङ्गठन मोरङको आफ्नै विधान रहेको र आफ्ना सदस्यहरु छन् । उद्योगीको समस्या राज्यसमक्ष जानकारी गराउनु एउटा उद्योगीको सङ्गठन भएकाले जायज भएको उनले पठाएको पत्रमा उल्लेख छ । ‘उद्योगीको समस्या समाधान खोज्नु र सम्बद्ध निकायलाई जानकारी गराउनु हाम्रो नैसर्गिक अधिकार हो,’ घिमिरेले महासङ्घलाई पठाएको पत्रमा उल्लेख छ ।

घिमिरेले महासङ्घलार्इ दिएकाे जवाफ

महासङ्घ विरूद्ध प्रदेश एकका उद्याेगी एकजुट

महासङ्घले उद्योगीको समस्यालाई समाधान गर्न पहल नलिएको तर, उल्टै जिल्ला नगर तथा उद्योग सङ्गठनमाथि खनिएकाले चार सङ्गठन एकजुट भएका छन् ।

चार उद्याेग वाणिज्य सङ्घकाे सयुक्त विज्ञप्ति

उदयपुर उद्योग वाणिज्य सङ्घ, दमक उद्योग वाणिज्य सङ्घ, मोरङ उद्योग सङ्गठन, मोरङ व्यापार सङ्गठ एकजुट भएर महासङ्घले गरेको गतल कार्यको विरोध गरेका छन् । महासङ्घले उद्योगीको समस्या लिएर सरकारसमक्ष नगएको तर, त्यही समस्या दिएर सरकारसमक्ष जाँदा महासङ्घले घिमिरेलाई स्पष्टीकरण सोधेपछि चार सङ्गठन एकजुट भएर महासङ्घ विरुद्ध खनिएका हुन् ।

चार सङ्गठनले सयुक्त विज्ञप्ति निकाल्दै महासङ्घले गरेको कार्यको विरोध गरेको छन् । एउटा उद्योगीको संस्थाले एउटा उद्योगको सङ्गठनलाई गर्न नहुने व्यवहार गरेको आपत्ति जनाएका छन् ।