बारामा सात हजार हेक्टर जमिन बाँझो

जिल्लामा एक हेक्टर जमिनभन्दा कम जग्गा हुने ९४ हजार ३ सय २४ घरधुरी, एक हेक्टरभन्दा बढी जग्गा हुने १३ हजार ६ सय ५६ घरधुरी तथा जग्गै नहुने ६ सय ६३ घरधुरी छन् ।

बाराको ६९ हजार ९ सय ६३ हेक्टर कृषियोग्य जमिनमध्ये ६२ हजार ८ सय २३ हेक्टर जग्गामा मात्र खेती हुने गरेको देखिएको छ ।

सात हजार १ सय ४० हेक्टर जग्गा बाँझो रहेको कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहले बताए । जिल्लामा एक हेक्टर जमिनभन्दा कम जग्गा हुने ९४ हजार ३ सय २४ घरधुरी, एक हेक्टरभन्दा बढी जग्गा हुने १३ हजार ६ सय ५६ घरधुरी तथा जग्गै नहुने ६ सय ६३ घरधुरी भएको उनले बताए ।
सरकारले सामूहिक, करार र सहकारी खेतीको अवधारणा ल्याए पनि त्यससम्बन्धी ऐन कानुन नभएकाले कार्यान्वयन हुन नसकेको बताइएको छ । बारामा कुल वन जङ्गल ५२ हजार ५ सय ५९ हेक्टर, चरन क्षेत्र २ हजार ९ सय ४९ र नदीनाला र पहाड गरी ४ हजार ९२ हेक्टर जमिन छ ।