उदयपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष खड्काले भने, ‘भ्रममा पारेर हस्ताक्षर गराइयो’

एउटा कार्यक्रम गरेर अर्को विषयमा हस्ताक्षर गराएको भन्दै खड्काले एक विज्ञप्ति निकाल्दै आफूले गरेको हस्ताक्षर फिर्ता लिएको जानकारी गराएका छन् ।

उदयपुर उद्योग वाणिज्य सङ्घ कटारीका अध्यक्ष पुस्कर खड्काले मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले आफूलाई भ्रममा पारेर हस्ताक्षर गराएको भन्दै आपत्ति जनाएका छन् ।

एउटा कार्यक्रम गरेर अर्को विषयमा हस्ताक्षर गराएको भन्दै खड्काले एक विज्ञप्ति निकाल्दै आफूले गरेको हस्ताक्षर फिर्ता लिएको जानकारी गराएका छन् ।

प्रधानमन्त्रीको निर्देशनअनुसार गठन भएको कार्यदललाई सुझाव दिन बैठक राखिएको थियो । त्यसपछि बैठकको निर्णय भनी ६ ओटा बुँदा तयार गरी कार्यदल रहेको मोरङ व्यापार सङ्गठन, उद्योग सङ्गठन मोरङ, दमक उद्योग वाणिज्य सङ्घका अध्यक्षले माइन्युटमा हस्ताक्षर गर्ने र उद्योग वाणिज्य सङ्घ कटारीका अध्यक्षले प्रमाणित गर्ने भनेकाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।