निगमका प्रवक्ता वीरेन्द्र गोइतले पेट्रोल २, डिजेल र मट्टितेलका ३ रुपैया प्रति लिटर बढाएको बताए ।
नेपाल आयल निगमले पेट्रोल ,डिजेल र मट्टितेलको फेरी भाउ बढाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले पेट्रोल २, डिजेल र मट्टितेलका ३ रुपैया प्रति लिटर बढाएको बताए ।
अव खुद्रा मुल्य पेट्रोल ११४ ,डिजेल र मट्टितेल १०१ रुपैया प्रतिलिटर पुगेको छ । सोमवार राती १२ बजे पछि लागु हुने गरी नेपाल आयल निगमबाट पेट्रोल र डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमास्वचालित मूल्य प्रणालीद्धारा समायोजन गरिएको जनाएको छ । तर हवाई ईन्धन र एलपिग्याँसको मुल्य भने यथावत राखिएको निगमको भनाइ छ ।
निगमले जारी गरेको विज्ञप्तीमा मुल्य समायोजन पश्चात पनि पेट्रोलमा प्रति लिटर २ रुपैया ९२ पैसा¸ डिजेलमा २ रुपैया ७२ पैसा र एलपि ग्याँसमा प्रति सिलिण्डर ३०९ रुपैया ७९ पैसा घाटा रहेको जनाएको छ । हाल निगमलाई १५ दिनमा करीब ३१ करोड ६७ लाख घाटा हुने गरेको उल्लेख गरिएको छ ।