अर्धवार्षिक समीक्षाअघि पूरक बजेट आउँदैन– अर्थमन्त्री खतिवडा

अर्थ मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार अहिले बजेट कार्यन्वयनको अवस्थामा रहेकाले पूरक बजेटको सम्भावना नरहेको समेत स्पष्ट पारे ।

अर्धवार्षिक समीक्षाअघि पूरक बजेट नआउने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । ‘पूरक बजेटसम्बन्धी छलफल नै भएको छैन,’ अर्थमन्त्री खतिवडाले भने, ‘यो विषय कसरी बाहिर आयो ?’

अर्थ मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार अहिले बजेट कार्यन्वयनको अवस्थामा रहेकाले पूरक बजेटको सम्भावना नरहेको समेत स्पष्ट पारे । केही समयअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारले छिट्टै पूरक बजेट ल्याउने बताएका थिए । अर्थमन्त्री खतिवडाले दुई महिनाको अवधिमा राजस्व सङ्कलन सन्तोषजनक रहेको बताए ।

दुई महिनाको अवधिमा एक खर्ब २० अर्ब राजस्व उठेको र एक खर्ब तीन अर्ब खर्च भएको छ । जसमा चालूतर्फ ९६ अर्ब र पुँजिगततर्फ ७ अर्ब मात्र खर्च भएको छ । चालूतर्फ पोहोरको दुई महिनाको अवधिभन्दा कम खर्च हो, तर पुँजीगततर्फ भने धेरै हो ।