सन् २०१८ मा भारत पाँचौं ठूलो अर्थव्यवस्था भएको मुलुक बन्ने

सीईबीआरका डेपुटी चेयरम्यान डगलस म्याकविलियम्सले भने, ‘तात्कालिक झट्काका बाबजुद भारतीय अर्थव्यवस्था २०१८ मा फ्रान्स र बेलायतभन्दा अगाडि जानेछ । र, डलरको सन्दर्भमा यी दुवै राष्ट्रलाई पछि पार्दै विश्वको पाँचौं सबैभन्दा ठूलो अर्थव्यवस्था भएको मुलुक बन्नेछ ।

रोयटर्स (लन्डन) ः सन् २०१८ मा बेलायत र फ्रान्सलाई पछि पार्दै भारत पाँचौं सबैभन्दा ठूलो अर्थव्यवस्था भएको मुलुक बन्ने दाबी गरिएको छ ।
सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्च (सीईबीआर) कन्सल्टेन्सीले सार्वजनिक गरेको तथ्याङ्कमा २०१८ वल्र्ड इकोनोमिक लिग टेबुलमा ऊर्जा एवम् प्रविधिका सस्ता साधनहरुका कारण विश्व अर्थव्यवस्थामा उच्च वृद्धिको अनुमान गरिएको छ । भारत पनि यही बाटोमा अघि बढिरहेको उसको भनाइ छ । यसले गर्दा आगामी १५ वर्षसम्म टप टेन ठूला इकोनोमिकहरुमा एसियाली अर्थव्यवस्थाहरुको प्रभाव बढिरहनेछ ।

सीईबीआरका डेपुटी चेयरम्यान डगलस म्याकविलियम्सले भने, ‘तात्कालिक झट्काका बाबजुद भारतीय अर्थव्यवस्था २०१८ मा फ्रान्स र बेलायतभन्दा अगाडि जानेछ । र, डलरको सन्दर्भमा यी दुवै राष्ट्रलाई पछि पार्दै विश्वको पाँचौं सबैभन्दा ठूलो अर्थव्यवस्था भएको मुलुक बन्नेछ ।’

नोटबन्दी र जीएसटीका कारण भारतको विकासको गतिमा थोरै मन्दी आएको म्याकविलियम्सले बताए । यसअघि रोयटर्सको पोलमा पनि अर्थशास्त्रीहरुले यही राय प्रकट गरेका थिए । सीईबीआर भन्छ, ‘चीन २०३२ मा अमेरिकालाई उछिन्दै विश्वको सबैभन्दा ठूलो इकोनोमी बन्न सक्छ ।’ रिपोर्ट भन्छ, ‘व्यापारिक गतिविधिहरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पको त्यति गहिरो असर परेन जति सोचिएको थियो । तसर्थ अमेरिकाले हाम्रो यसअघिको रिपोर्टको अनुमानभन्दा एक वर्ष बढी विश्वको सबैभन्दा ठूलो इकोनोमीको रेकर्ड कायम राख्न सक्छ ।’

हुन त केही वर्षदेखि बेलायत फ्रान्सभन्दा पिछडिएको प्रतीत हुन्छ । तर, सीईबीआरको अनुमान छ– बेलायतमाथि ब्रेग्जिटको प्रभाव शङ्का गरेभन्दा कम हुनेछ । यसबाट सन् २०२० सम्म उसले फ्रान्सलाई फेरि उछिन्ने अनुमान गर्न सकिन्छ । रिपोर्टमा भनिएको छ, ‘कच्चा तेलको खस्कँदो मूल्यका कारण रुसको अर्थव्यवस्था कमजोर हुन सक्ने त्रास छ, जुन आप्mनो विकासका लागि धेरै हदसम्म ऊर्जा क्षेत्रमा निर्भर छ ।

रुस सन् २०३२ सम्म ११औं स्थानबाट तल झरेर १७औं स्थानमा पुग्न सक्छ । गत अक्टोबरमा रोयटर्सले अर्थशास्त्रीहरुको राय लिएको थियो, जसमा, सन् २०१८ मा विश्व अर्थव्यवस्थामा हाल कायम ३.५ प्रतिशतको तुलनामा ३.६ प्रतिशतको झिनो वृद्धिको सङ्केत पाइएको थियो ।