भारतद्वारा रक्सौलमा क्लिङ्कर अनलोड गर्न रोक

भारतले वीरगन्जकै सुख्खा बन्दगाह मै अनलोड हुने निर्णय गरेपछि उद्योगी समस्यामा परेका हुन् । रक्सौलका बासिन्दाले प्रदूषण खेप्नु परेको भन्दै भारत सरकारसँग वीरगन्जमै अनलोड गराउन गरेको आग्रह पछि यस्तो स्थिति उत्पन्न भएको हो । भूकम्प पीडितले घर बनाउने बेला सुरु गरेको बेला निर्माण सामग्री अत्यधिक चाहिने बेला भारतले यस्तो निर्णय गर्दा निर्माण सामग्रीको अभाव हुने देखिएको सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

क्लिङ्कर आयातमा भारतले अड्चन थाप्दा स्वदेशी सिमेन्ट उद्योग समस्यामा परेका छन् । केही दिन अघि भारत सरकारले रक्सौल रेलवेयार्डमा हुँदै आएको अनलोडलाई रोकेपछि स्वदेशी उद्योग ठूलो समस्यामा परेको हो ।

भारतले वीरगन्जकै सुख्खा बन्दगाह मै अनलोड हुने निर्णय गरेपछि उद्योगी समस्यामा परेका हुन् । रक्सौलका बासिन्दाले प्रदूषण खेप्नु परेको भन्दै भारत सरकारसँग वीरगन्जमै अनलोड गराउन गरेको आग्रह पछि यस्तो स्थिति उत्पन्न भएको हो ।
भूकम्प पीडितले घर बनाउने बेला सुरु गरेको बेला निर्माण सामग्री अत्यधिक चाहिने बेला भारतले यस्तो निर्णय गर्दा निर्माण सामग्रीको अभाव हुने देखिएको सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

नेपालमा पुन निर्माणको काम धमाधम चलिरहेका बेला भारतले क्लिङ्कर आयातमा अबरोध खडा गरेको हो ।
भारतका विभिन्न स्थानबाट वीरगन्ज नाका हुँदै आयात हुने क्लिङ्र, जिपसमलगायत कच्चापदार्थ अब वीरगन्ज सुख्खा बन्दरगाहबाटै गर्दा धेरै समय लाग्ने व्यवसायीको भनाइ छ ।

भारतबाट बार्षिक रुपमा २४ अर्ब रुपैयाँ बराबरको क्लिङ्कर नेपाल भित्रिएको छ । यो क्रम बर्षेनि बढ्दो दरमा रहेको छ । व्यापार तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार गत वर्ष नेपालमा ९ अर्ब रुपैयाँबराबरको क्लिङर नेपाल भित्रिएको थियो ।
नेपालका लागि आयात हुने क्लिङ्कर रक्सौल रेलवेयार्डमा अनलोड गर्न भारत सरकारले रोक लगाएपछि उत्पन्न समस्या समाधानका लागि भारत तथा नेपाल सरकारका प्रतिनिधि र उद्योगी व्यपारीबीच त्रिपक्षीय छलफल भइरहेको छ ।

वीरगन्जको सिर्सिया खल्वाटोलास्थित सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा पाएका हिमालयन ट्रमिनल्स् प्रालिको आयोजनामा भएको सो छलफलमा दुवै देशका उच्च अधिकारीबीच छलफल गरी समस्या समाधान गर्न लागि परिरहेका छन् ।
वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुरमा घिमिरेले नेपाललाई अधिकारिक रुपमा कुनै जानकारी नै नगरी भारत सरकारले रक्सौलमा हँुदै आएको क्लिङ्कर अनलोडिङमा रोक लगाउँदै सिर्सियास्थित सुख्खा बन्दरगाहमा अनलोड गर्ने निर्णय गरेकाले यो खुलाउन पहल भइरहेको बताए ।

नेपालमा सञ्चालित रहेको ६० प्रतिशत भन्दा बढी सिमेन्ट उद्योगका लागि वीरगन्ज नाकाबाटै क्लिङ्कर तथा जिपसम आयात हुने भएकाले यसको ओसारपसार गर्ने स्थानको परिर्वतन उच्च तहमा छलफल गर्ने घिमिरेले बताए ।
भारत तथा तेस्रो मुलुकबाट रेलमार्फत आउने ८० रेक मालवस्तुको भार हाल बन्दरगाहले थेक्दै आएको र वर्तमान पूर्वधारले थप ३५ रेक क्लिङ्करको भार थेक्न नसकिने मन्त्रालयले जनाएको छ ।

सङ्घका अध्यक्ष थापाले सरकार र नेपाली व्यपारीलाई जानकारी नै नदिई भारत सरकारले गरेको निर्णय कार्यान्वयन गर्न ठूलो समस्या देखिने बताए । सुख्खा बन्दरगाहमा क्लिङ्करको लागि प्रयाप्त स्थान र उपकरणको कमी भएकाले निर्णय कार्यान्वयनका लागि कम्तीमा नेपाली व्यपारीलाई ६ महिनाको समय दिनुपर्ने बताए । ‘एकै चोटी आयातलाई रोक्नु जायज नभएको र नेपाली पक्षलाई यसको व्यवस्थापन मिलाउन भारत सरकारले समय दिनुपर्ने हुन्छ,’ उनले भने ।