सानिमा इन्स्योरेन्सको नयाँ शाखा नारायणगढमा

नारायणगढ शाखाको उद्घाटन कम्पनीका सञ्चालक खेमराज लामिछाने र निमित्त कार्यकारी प्रमुख सुबोधलाल श्रेष्ठ तथा बिमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले सम्युक्त रुपमा गरे ।

सानिमा जनरल इन्स्योरेन्सको नयाँ शाखा नारायणगढमा खुलेको छ । नारायणगढ शाखाको उद्घाटन कम्पनीका सञ्चालक खेमराज लामिछाने र निमित्त कार्यकारी प्रमुख सुबोधलाल श्रेष्ठ तथा बिमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले सम्युक्त रुपमा गरे ।

कम्पनीले शुक्रबारदेखि सञ्चालनमा ल्याएको नयाँ शाखापछि देशभर २० ओटा शाखा कार्यालय खोल्ने लक्ष्य लिएको छ । कम्पनीले सबै प्रकारका निर्जीवन बिमा मोटर, घर, कलकारखाना, जलविद्युत्, कृषि तथा पशुबिमा र लघुबिमामार्फत् सेवा दिँदै आएको छ ।

हाल कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी एक अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । कम्पनीले आगामी आर्थिक वर्षभित्र ३० करोड बराबरको सेयर सर्वसाधारणका लागि जारी गरी चुक्ता पुँजी एक अर्ब पुर्याउने लक्ष्य राखेको छ ।