गरिमाको शाखा न्युरोडमा

काठमाडौं । गरिमा विकास बैङ्कले काठमाडौं न्युरोडमा ४८औं शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

बैङ्कका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बैङ्कले प्रदान गर्ने सेवासुविधाबारे प्रकाश पार्दै न्युरोड शाखा कार्यालयबाट विकास बैङ्कका ग्राहकले अन्य बैङ्किङ सुविधासहित एटीएम र लकर सुविधा प्राप्त गर्ने बताए । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैङ्क राष्ट्रियस्तरको विकास बैङ्क हो ।

म्याग्दीको बेनीमा केन्द्रीय कार्यालय रहेको नीलगिरि विकास बैङ्क र चितवनको नारायणगढमा केन्द्रीय कार्यालय रहेको शुभेच्छा विकास बैङ्कलाई गाभेपछि गरिमा विकास बैङ्कका राजधानीमा ६ शाखा कार्यालयसहित देशभर ४८ शाखा कार्यालय र १२ ओटा एटीएम सञ्चालनमा रहेको छन् । विकास बैङ्कले केही दिनभित्रै रुपन्देहीको मणिग्राम शाखा कार्यालय सञ्चालनमा ल्याउने र यो आर्थिक वर्षभित्र प्रदेश–१ मा कम्तीमा १० शाखा कार्यालयसहित देशभर १५ ओटा थप शाखा सञ्चालन गर्ने लक्ष्य लिएको जानकारी दिएको छ ।