धर्मशाला भवन निर्माणका लागि काठमाडौँको रेडिसन होटलका सञ्चालक गोविन्ददास श्रेष्ठले ५० लाखमा सम्झौता गरेका छन् । यसैगरी कालीगण्डकी नदी किनारबाट पम्पिङ गरी मन्दिर परिसरमा पानी तानेर स्नान गर्ने व्यवस्था गरिने भएको छ ।
करिब सात करोड खर्चेर म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा पूर्वाधार निर्माण गरिएको छ । कालीगण्डकी किनार स्नान गर्न जाने पदमार्ग, क्याम्पिङ स्थल, खेलमैदान, बालउद्यान, प्रवेशद्वार, शिवलिङ्ग, तटबन्धलगायत पूर्वाधार निर्माण गरिएको छ । भक्तजनको चाप बढेकाले धर्मशालाको क्षमत्ता वृद्धिका लागि नयाँ भवन निर्माणको तयारी गरिएको कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए ।
धर्मशाला भवन निर्माणका लागि काठमाडौँको रेडिसन होटलका सञ्चालक गोविन्ददास श्रेष्ठले ५० लाखमा सम्झौता गरेका छन् । यसैगरी कालीगण्डकी नदी किनारबाट पम्पिङ गरी मन्दिर परिसरमा पानी तानेर स्नान गर्ने व्यवस्था गरिने भएको छ । खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय म्याग्दीमार्फत सञ्चालन हुने उक्त योजनाको सर्वेक्षण गरी कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । यसका लागि रु ३० लाख लागत अनुमान गरिएको छ । गलेश्वरदेखि पर्वतको जलजला गाउँपालिका–२ मा अवस्थित राममन्दिर जोड्ने झोलुङ्गेपुल निर्माणको तयारी भएको छ । गलेश्वर हँुदै पौलस्त्य आश्रम जोड्ने पदमार्ग निर्माण गर्ने योजना अघि बढाइएको छ ।
पूर्वाधार निर्माणका लागि विभिन्न सरकारी निकाय, गैरआवासीय नेपाली सङ्घ, व्यक्ति र सङ्घसंस्थाले सहयोग गरेका हुन् । गलेश्वर क्षेत्रको विकासका लागि दस वर्षे गुरुयोजना तयार गरिएको छ । सो गुरुयोजना कार्यान्वयनको क्रममा हालसम्म मठमन्दिर, धर्मशाला, सत्सङ्ग भवन, वृद्धाश्रम र स्वास्थ्य चौकी निर्माण गरिएको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए ।
कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरको पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । द्वापरयुगमा सतीदेवीको गला पतन भएकाले गलेश्वर नामाकरण भएो उक्त क्षेत्र हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वारका रुपमा चिनिन्छ । साउन महिनाको सोमबार, शिवरात्रि र बालाचतुर्दशी पर्वमा विशेष मेला लाग्ने गलेश्वर मन्दिरमा दैनिक पूजाआजा हुने गरेको छ । मन्दिरमा भक्तजनले चढाउने भेटी, दान र चन्दा पूर्वाधार निर्माणमा परिचालन गरिएको कोषले जनाएको छ ।
आव २०७३/७४ मा रु ४३ लाख भेटी सङ्कलन भएको गलेश्वर मन्दिरमा चालू आवको साउनदेखि मङ्सिरसम्म रु ४२ लाख ८८ हजार भेटी प्राप्त भएको छ । ज्येष्ठ नागरिक आश्रम, धर्मशाला र संस्कृत पाठशाला सञ्चालन गरेको कोषको हालसम्मको आम्दानी ३ करोड ९ लाख ४३ हजार रुपैयाँ छ ।