कोकाकोलाको अभियानमा १० हजार विजेता

काठमाडौँ । कोकाकोला नेपालले ‘मन खोलौं कोकसँग’ प्रवद्र्धनात्मक अभियानमार्फत १० हजारभन्दा बढी विजेताको नाम घोषणा गरिसकेको छ । उक्त अभियानको ग्रान्ड प्राइजमार्फत विजेताले टीभीएस स्ट्राइकर १२५ सीसी, एलजी एलईडी टीभीका साथै मोबाइल रिचार्ज कार्ड पाएका छन् । यो अभियनमा अहिलेसम्म करिब दुई लाख ५० हजार एसएमएस प्राप्त भएको कम्पनीले जनाएको छ ।

उक्त अभियानले उत्सवमय मौसममा अतिरिक्त खुसी मनाउने अवसर सिर्जना गर्दै आएको छ, जुन दसैंको समाप्तीसँगै उत्तराद्र्धमा पुगेको कम्पनीको विश्वास छ । यो अवधिमा कोकाकोलाले २८ जना भाग्यशाली उपभोक्तताको नाम घोषणा गरिसकेको छ । उनीहरुमध्ये एकजनाले टीभीएस स्ट्राइकर १२५ सीसी बाइक, एक सय १२ जनाले एलजी एलईडी टीभी र ११ हजार दुई सयले रिचार्ज कार्ड जित्न सफल भएका छन् ।

यो अभियान साथीभाइ तथा परिवारका साथमा कोकाकोला उत्पादनको रिफ्रेसिङ तथा रमाइलो स्वादबाहेक प्रत्येकसँग यो उत्सवमय मौसममा अझै धेरै उपहार जित्ने अवसर छ । यसका अतिरिक्त चार सय मोबाइल रिचार्ज प्रत्येक दिन उपभोक्ताले जित्न सक्नेछन् । यो अभियानमा सहभागी हुन लेबलमुनि भएको १० अंकको युनिक कोड हेरेर ३७७२२ मा बिहान ११ बजेदेखि बेलुकी ७ बजेभित्र एसएमएस गर्नुपर्नेछ ।