नेपाल—चीन ऊर्जासम्बन्धी बैठक शुक्रबार

नेपालमा चिनियाँ लगानी, विद्युत् व्यापार तथा विगतमा भएका ऊर्जासम्बन्धी समझदारी (एमओयू) अगाडि बढाउने विषयमा छलफल हुने ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए । उनले चिनियाँ लगानीमा बनाउने केही आयोजनाहरुका बारेमा छलफल हुने बताए ।

नेपाल र चीनबीच ऊर्जा सम्बन्धी सम्झौता (एमओयू) अगाडि बढाउने विषयमा दुई देशका ऊर्जा सचिव तथा पदाधिकारीबीच शुक्रबार बैठक हुने भएको छ ।

नेपालमा चिनियाँ लगानी, विद्युत् व्यापार तथा विगतमा भएका ऊर्जासम्बन्धी समझदारी (एमओयू) अगाडि बढाउने विषयमा छलफल हुने ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए । उनले चिनियाँ लगानीमा बनाउने केही आयोजनाहरुका बारेमा छलफल हुने बताए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका बेला चीनसँग भएका समझदारी र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले गरेका ऊर्जासम्बन्धी सम्झौता (एमओयू) कार्यान्वयनका विषयमा समीक्षा गरिने छ । नेपालमा चिनियाँ लगानीको सम्भावना र प्रसारण लाइन निर्माणका लागि चिनियाँ सहयोगका विषयमा छलफल हुनेछ । दुवै देशले ऊर्जासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् ।

नेपालका केही आयोजना निर्माणमा चिनियाँ पक्षको चासो रहेकाले त्यस विषयमा पनि बैठकले टुङ्गो लगाउने घिमिरेले बताए । पछिल्लो समय ४ सय केभी रसुवा—गल्छी—केरुङ प्रसारण लाइन निर्माणमा चिनियाँ लगानी प्रस्तावका विषयमा सहमति हुनेछ । चिनियाँ पक्ष नेपालका जलविद्युत् क्षेत्रमा कसरी लगानी गर्न चाहन्छ भन्ने विषयमा दुईदेशीय जानकारी र परिचित हुने कार्यक्रम रहेको घिमिरेले बताए ।

बैठकमा अन्तरदेशीय प्रसारण लाइन निर्माण, नेपालमा लगानीका लागि आग्रह तथा ऊर्जा व्यापारका विविध आयामका बारेमा छलफल हुने छ । सरकारले चीनसँग गरेको सम्झौताअनुसार संयुक्त कार्यान्वयन संयन्त्र निर्माण गरिसकेको छ ।