एडीबीका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिले यस सहयोगलाई स्वीकार गर्ने गरी सम्झौता गरेपछि मात्र कार्यान्वयन गर्न बाटो खुल्छ । त्यसअघि मन्त्रिपरिषदले एडीबीको ऋण सहयोग स्विकार गर्ने अनुमति दिनुपर्छ ।
एसियाली विकास बैङ्क (एडीबी)ले नेपालका सहरी क्षेत्रका नगरपालिकामा खानेपानी आपूर्ति र सरसफाई कार्यका लागि १५ अर्व ६ करोड रुपैयाँ (१३ करोड अमेरिकी डलर) सहयोग दिने भएको छ । एडीबीको हालै बसेको बोर्ड बैठकले नेपालका २० सहरी नगरपालिकामा खानेपानी आपूर्ति र सरसफाइका लागि १३ करोड डशलर ऋण सहाया दिने प्रस्तावलाई स्वीकृत गरेको हो ।
अब एडीबीका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिले यस सहयोगलाई स्वीकार गर्ने गरी सम्झौता गरेपछि मात्र कार्यान्वयन गर्न बाटो खुल्छ । त्यसअघि मन्त्रिपरिषदले एडीबीको ऋण सहयोग स्विकार गर्ने अनुमति दिनुपर्छ ।
एडीबीले नेपालमा जलवायु परिवर्तनका कारण खानेपानी आपूर्ति र सरसफाइमा समस्या भएको भन्दै थप सहयोग गर्न तयार भएको उल्लेख गरेको छ । उसले सफा पानी र सरसफाइमा जोड दिन ऋण सहयोग स्वीकृत गरेको जनाएको छ । २ वर्षअघिसम्म नेपालका १६ प्रतिशत जनसङ्ख्यामा मात्र गुणस्तरीय खानेपानी आपूर्ति भएको एडीबीले तथ्याङ्क दिएको छ । उसले भनेको छ, ‘त्यसमध्ये १५ प्रतिशतले मात्रै राष्ट्रिय गुणस्तर मापदण्ड पुरा गरेको छ ।’
एडीबीले सार्वजनिक गरेको विवरणअनुसार प्राप्त रकमबाट एक हजार ६ सय किलोमिटर खानेपानी पाइप बिछ्याउने र १५ पानी प्रशोधन केन्द्र स्थापना गर्ने उल्लेख गरेको छ । त्यसबाट उत्पादन हुने ६ लाख लिटर पिउने पानीले ६६ हजार घरपरिवारलाई पिउने पानी उपलब्ध हुनेछ । यसक्रममा ८ हजार शौचलय निर्माण हुने र त्यसमा पनि २० ओटा सार्वजनिक शौचालय (शारीरिक रुपमा अशक्त व्यक्तिहरुले पनि प्रयोग गर्न सक्ने गरी) निर्माण हुने एडीबीले विज्ञप्तिमा उल्लेख गरेको छ ।