बृहतले मनायो दसौं वार्षिकोत्सव

काठमाडौँ । रियल इस्टेट क्षेत्रको प्रतिष्ठित व्यवसायिक समूह बृहत ग्रूपले स्थापनाको एक दशक पूरा गरेको छ । ११औं वर्षमा प्रवेशका अवसरमा कम्पनीले असोज २२ र २३ गते विभिन्न कार्यक्रम आयोजना गरेर दसौं वार्षिकोत्सव मनाएको हो ।

असोज २२ गते नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा गू्रपले रक्तदान कार्यक्रम आयोजना गरेको थियो, जसमा कम्पनीका सदस्यहरुका साथै अन्य सर्वसाधारणसमेत गरी ७९ जनाले सहभागिता जनाएका थिए । बृहतले स्थापनाको पहिलो वर्ष गाँठदेखि नै प्रत्येक वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । असोज २३ मा पनि ग्रुपले विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम आयोजना गर्दै ‘बृहत दिवस’ मनाएको छ ।

‘बृहत ग्रूप आगामी दिनमा प्रिमियम रेसिडेन्सी विकासमा केन्द्रित रहनेछ, जसमा डिजाइन, निर्माण गुणस्तर, निर्माण सामग्री, वर्कम्यानसिप, मेन्टिनेन्स फ्री आवास आदि कुराहरुको उत्कृष्ट संयोजन हुनेछ,’ असोज २३ गते सोमबार आयोजित औपचारिक वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै ग्रुपका कार्यकारी अध्यक्ष ओम राजभण्डारीले भने । साथै, ग्रूपले आफ्नो मावन संसाधन (एचआर) को क्षमता विकासलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीको पर्फमेन्स उच्च बनाएर लैजाने नीति अबलम्बन गरेको पनि उनले बताए ।