बजेटमा शिक्षा, स्वास्थ्य, आयुर्वेद, पशु, पोखरिया अस्पताल, गरिबसँग विश्वेश्वर कार्यक्रम, पोषण कार्यक्रम, सामाजिक सुरक्षा भत्तासमेत गरी रु चार करोड पाँच लाख ५० हजार, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ रु १४ लाख ६१ हजार, भवन निर्माणतर्फ रु ५० लाख र समपूरक कोष रु ५० लाख विनियोजन गरिएको छ ।
पर्सा जिल्लको पोखरिया नगरपालिकाको प्रथम नगरसभाले रु ३९ करोड ६२ लाख ३९ हजारको बजेट विनियोजन गरेको छ । झण्डै दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनपछि पोखरिया नगरपालिकाले बिहीबार चालू आर्थिक वर्षको अनुमानित आय व्यय बजेट सार्वजनिक गरेको हो ।
नगर उपप्रमुख सलमा खातुनले प्रस्तुत गरेको बजेटमा चालू खर्चतर्फ रु तीन करोड ४४ लाख ६५ हजार, पुँजीगत खर्चतर्फ रु १८ करोड २१ लाख ५४ हजार र सशर्त अनुदानतर्फ रु १२ करोड ७६ लाख दुई हजार रुपैयाँ छ । बजेटमा शिक्षा, स्वास्थ्य, आयुर्वेद, पशु, पोखरिया अस्पताल, गरिबसँग विश्वेश्वर कार्यक्रम, पोषण कार्यक्रम, सामाजिक सुरक्षा भत्तासमेत गरी रु चार करोड पाँच लाख ५० हजार, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ रु १४ लाख ६१ हजार, भवन निर्माणतर्फ रु ५० लाख र समपूरक कोष रु ५० लाख विनियोजन गरिएको छ ।
बजेटमा मानव स्रोतको विकास र पहिले जन्मिएकी बालिकालाई ३५ दिनभित्र जन्मदर्ता गराइएमा उनको आमालाई एकमुष्ट १० हजार रुपैयाँ विवाह बिमाबापत दिने उल्लेख गरिएको छ ।